प्रदेश सभामा मतदान गर्न पुगेका नगर प्रमुख प्रसाई माथी सिके राउतका कार्यकर्ताहरुको आक्रमण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१२ गते   १९६७ पटक हेरिएको

सर्लाहीका प्रदेश सभा सदस्य र नगरप्रमुखको सरकारी सवारी साधनमा बुधबार(आज) तोडफोड भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न मधेश प्रदेशको राजधानी जनकपुर पुगेको प्रदेश सभा सदस्य र नगर प्रमुखको सरकारी सवारी साधनमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेको हुन ।
प्रदेश सभा सदस्य अशोक यादव सवार प्रदेश २–०२–००१ झ ००१८ र हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाई सवार प्रदेश २–०३–००१ झ ००२० नम्वरको सरकारी सवारी साधनमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले तोडफोडबाट दुवै सरकारी सवारी साधनका सिसा फुटेका छन् । भने हरिवन नगरपालिकाका नगर प्रमुख प्रसाई घाइते भएका छन् ।
मतदान स्थलतर्फ जाँदै गर्दा जानकी मन्दिर अगाडि एक्कासि जनमत पार्टीका कार्यकर्ता आएर अमानवीय हिसाबले आफू चढेको सरकारी सवारी साधनमा ढुङ्गामुढा प्रहार गरेका हरिवन नगरपालिकाका नगर प्रमुख प्रसाईले बताउनुभयो । ढुङ्गामुढा रोक्न खोज्दा आफ्नो हातमा चोट लागेको प्रदेश सभा सदस्य अशोक यादवले बताउनुभयो ।
हरिवन नगरपालिकाका नगर प्रमुख प्रसाई र उप प्रमुख रेणुका पौडेल चढेको सरकारी सवारी साधनमा तोडफोड हुँदा नगर प्रमुख प्रसाईको टाउँको चोट लागेको हरिवन नगरपालिकाका नगर प्रमुख प्रसाईका स्वाकीय सचिव युवराज आचार्यले जानकारी दिनु भयो । स्वकीय सचिव आचार्यका अनुसार शरिरमा चोट लिएर पनि नगर प्रमुख प्रसाई मतदातन गर्न जानु भएको छ ।
जनमत पार्टीका कार्यकर्ताले पहिले किसानलाई मल अनि मात्रै भोट भन्दै जनकपुरमा बुधबार(आज)ं बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न मधेश प्रदेशको आठै जिल्लाका प्रदेश सांसद र पालिकाका प्रमुख तथा उपप्रमुखहरु जनकपुर पुगेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech