Close This

कोरोना संक्रमणकैबीच हर्षउल्लासका साथ छठ पर्व मनाइयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-६ गते   ३७० पटक हेरिएको

तराई मधेसमा निकै उल्लासका साथ छठ पर्व मनाइको छ । ब्रतालुहरुले आज बिहान पोखरी, खोला किनार, नहर लगायतका जलाशयमा बनाइएका सजिया घाटबाट उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यो वर्षको छठ पनि सकिएको हो । सूर्यलाई अर्घ चढाएर व्रतालुहरु आ–आफ्नो घर फर्किएका छन् । व्रतालुले यसअघि  शुक्रबार साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिएका थिए ।
विश्वव्यापी महामारी कोरोना भाईरस(कोभिड १९) संक्रमणकैबीच गतवर्ष झैँ जलाशयमै पुगेर तराई मधेसवासीले विशेष निष्ठा र हर्षउल्लासका साथ छठ पर्व मनाएका हुन् । विगतमा मधेशका जिल्लामा मात्र सीमित छठ पर्व पछिल्लो समय सबै क्षेत्र, जात जाती तथा धर्मका मानिसहरुले श्रद्धाका साथ मनाउन थालेका छन् ।
सर्लाहीमा सदरमुकाम मलंगवासहित बागमती नदी, मनुष्मारा नदी, लखन्देही खोला, ढंग्रा खोला, लालबन्दीको डुमडुमे पोखरी परिसर, हरिवन, नवलपुर, ईश्वरपुर, बरहथवा लगायत जिल्लाभरका पोखरी, नहर लगायत जलाशयमा छठ पर्व मनाइएको छ ।
स्थानीय प्रशासनले कोरोना संक्रमण बढिरहेकाले यो पटक सकेसम्म घरमै पर्व मनाउन वा जलाशयमा जाँदा भीडभाड नगर्न आग्रह गरेको थियो । तर स्थानिय प्रशासनको आग्रहलाई वेवास्था गर्दै पहिलेकै जसरी सजियाघाटमै पुगेर छठ पर्व मनाएका छन् । छठ पर्व मनाउन घाटमा गएका स्थानिय नागरिकको सुरक्षाभन्दै प्रहरी परिचालन नै गर्नु परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।
“स्थानिय प्रशासनले आग्रह गरेको थियो तर स्थानियबासीले वर्षमा एकपटक मनाउने छठ पर्व मनाउँन भन्दै जिल्लाभरका पोखरी, नहर लगायत जलाशयमा घाट निर्माण गरेपछि नागरिकको सुरक्षा गर्नै पर्यो ।” प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।
छठमा ब्रत बसे परिवारको कल्याण, रोग निदान, सन्तान प्राप्ति तथा समृद्धि प्राप्त हुने जन विश्वास रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech