Close This

बन्दाबन्दीमा सुत्केरी महिलालाई घ्यू बितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२४ गते   ४१९ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिकाले लक डाउन तथा बन्दाबन्दिको समयमा सुत्केरी महिलाहरुलाई घ्यू बितरण गरेको छ ।नगरपालिकाले  ५२ जना सुत्केरी महिलालाई घ्यू बितरण गरेको हो ।

नगर उपप्रमुख मञ्जु देवकोटाको उपस्थितिमा वडा न ८ मा १८ जना, वडा न ९ मा १२ जना, वडा न १० मा ६ जना, वडा न १३ मा ३ जना र वडा न १४ मा १३ जना गरि ५२ जना सुत्केरी महिलालाई १ र १ केजि घ्यू वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
विश्व नै अहिले लकडाउनको स्थितिमा भएकाले सुत्केरी महिलाहरुलाई राहत मिलोस भन्ने हेतुले कमलामाई नगरपालिकाको विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठकले पहिलो चरणमा चैत्र ११ गते देखि हालसम्म सुत्केरी भएका महिलाहरुको लागि १ र १ केजि घ्यू वितरण गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार वडा तथा स्वास्थ्य चौकीको समन्वयमा विभिन्न सुत्केरी महिलाहरुको विवरण संकलन गरि वडास्तरमै गई वितरण सुरु गरेको उप प्रमुख देवकोटाले जानकारी दिनुभयो ।उहाका अनुसार वाँकी वडाहरुमा पनि निरन्तर ध्यु वितरण गरिने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech