Close This

सालका अवैध काठ घरमा लुकाएर राखिएको अवस्थामा बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-३१ गते   २२९८ पटक हेरिएको

 सर्लाहीको हरिवन नगरपालिका–६, बाट लुकाएर राखिएको अवस्थामा सालका काठ वन कार्यालयको टोलीले बरामद् गरेको छ । हरिवन नगरपालिका ६ स्थित सुकुम्वासी टोलका विभिन्न घरहरुमा लुकाएर राखिएको सालका अवैध काठ वनका कर्मचारीहरुको टोलीले बिहीबार बरामद गरेको हो ।
डिभिजन वन कार्यालय सर्लाही र सव डिभिजन वन कार्यालय जानकीनगरको संयुक्त गस्ती टोलीले जानकीनगर अन्तर्गतको क्षेत्रमा पर्ने हरिवन नगरपालिका ६, बाट अवैध काठ बरामद गरेको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिनु भयो । उहााका अनुसार विभिन्न घरहरुमा खानतलासी गर्दा सालको ११ थान गोलिया, ४९ थान चिरान फल्ली र एक थान चौकस बरामद भएको हो ।
घर–घरमै यसरी काठ लुकाएर राखिएको बारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत तथा कार्यालय प्रमुख माधव प्रसाद देवले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech