३ घण्टा पछि खुल्याे हाई वे,दाेषी पाैडेल पक्राउ

1.5k Shares

विगत करिब ३ घण्टा देखिकाे पुर्व पश्चिम लाेकमार्गकाे चक्का जाम खुलेकाे छ ।  सर्लाहीको हरिवन नगरपालिका ११ स्थित कडरिचाेकमा  नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्ताहरुले करिब ३ घण्टादेखिकाे बन्द रहेकाे पुर्व पश्चिम लाेकमार्ग खुलेकाे छ ।
दुई दिन पहिला नेकपा(माओवादी केन्द्र) सर्लाही ३ कि समानुपातिक  तर्फकी उम्मेदवार माया बलमाथी आफुलाई नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विप्लव समूहका नेता बताउने हरिकृष्ण पाैडेलले ढुंगामुढा प्रहार गरेका थिए ।
 चुनाव प्रचार प्रसारमा प्रयाेग भएको स्कापियाे माथी ताेडफाेड गरेपछि ईलाका प्रहरी कार्यालय हरिवनले पाैडेललाई नियन्त्रणमा लिएको थियाे।
तर शनिवार ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले दुईपछ विच छलफल नै नगराई पाैडेललाई माथिकाे आदेश भन्दै छाेडेका थिए । त्यसपछि आफुहरुसंग समन्वय नगरी पाैडेललाइ छाडिएको विषयमा आपत्ति जनाउँदै सर्लाही ३ कि समानुपातिक उम्मेद्वार बलकाे नेतृत्वमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले सडकमा शान्तिपूर्ण चक्का जाम गरेका थिए  ।                      तर माओवादी केन्द्र नेता कार्तकर्ताहरुकाे शान्तिपूर्ण चक्काजाम पछि ईलाका प्रहरी कार्यालय हरिवनले पाैडेललाई फेरि नियन्त्रणमा लिए पछि चक्काजाम खाेलिएकाे माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
 आईतबार बिहान ९:३० बजेदेखि सुरु भएको चक्का जाम ११:५० बजे माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु आफैँले खुलाएका हुन । उनिहरुले सडकमै बेच्न राखेर बसी दाेषीलाइ यथासिघ्र नियन्त्रणमा लिन दवाव दिएका पछि पाैडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाईएको प्रहरीले जनाएको छ । उनिहरुले दाेषीलाई प्रहरीले यथासिघ्र नियन्त्रणमा लिएर नियमानुसार कार्बाही गर्नु पर्ने माग राखेका छन् ।  

सम्बन्धित समाचार