Close This

मन्त्री सिंहद्धारा सर्लाही ४ का ४० वडा सभापतिसंग छलफल,पार्टीका इमान्दार नेताहरुलाई महाधिवेशनमा जिताउन आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१६ गते   २६२८ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीका नेता एवम प्रदेश २ सरकारका महिला बालबालिका,युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले सर्लाही क्षेत्र नम्बर ४ का वडा सभापतिहरुसंग छलफल गर्नु भएको छ । 
आज(बिहीबार) आफ्नै निवास धनकौल गाउँपालिका २ मा सर्लाही क्षेत्र नम्बर ४ का ४७ वटा वडा मध्ये ४० वटा वडाका निर्वाचित वडा सभापतिहरुसंग कांग्रेस नेता एवम मन्त्री सिंहले छलफल गर्नु भएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले कमलामाई खबरलाई जानकारी दिनु भयो ।
जन्ताको खुशीको लागि अहोरात्र खट्न जनताको साथमा रहि दुखः सुखको साथी बन्न रुचाउने र पार्टीको हितविपरित काम नगर्ने नेताहरुलाई क्षेत्रीय सभापतिमा जिताउन सबै वडा सभापतिहरुसंग मन्त्री सिंहले आग्रह गर्नु भयो ।


नेपाली कांग्रेसको वडा देखि केन्द्र सम्मको महाधिवेशन चलि रहेको समयमा क्षेत्रीय महाधिवेशनका विषयमा वडा सभापतिहरुसंग छलफलको क्रममा मन्त्री सिंहले जनताका काममा इमान्दार भएर लाग्न र त्यस्ता नेतालाई मात्र प्रतिनिधिहरु बनाउन र जिताउन आग्रह गर्नु भयो । निर्वाचनको क्रममा पार्टीको जो नेता आएपनि मतदान गर्ने तर पार्टीको महाधिवेशनमा असल र इमान्दार नेताहरुलाई निर्वाचित गर्न आग्रह गर्नु भएको स्वकीय सचिव त्रिपाठीले जानकारी दिनु भयो ।
उहाँले वडा सभापतिहरुसंगको छलफलमा महाधिवेशन आफ्नै पार्टीको रहेको बताउँदै आफ्नो पार्टीका नेताहरुमा इमान्दार नेताहरुलाई जिताऊँन र कांग्रेसको खोल ओढेकाहरुलाई नजिताऊँन आग्रह गर्नु भयो । पार्टीको चुनावमा इमान्दार र जनताका दुःख सुखमा साथ दिने नेतालाई जिताउँन उहाँको आग्रह छ ।सर्लाहीमा नेपाली कांग्रेसको महाधिवेशनका विषयमा पटक पटक विवाद भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech