हरिवनबाट नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज बरामद

1k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवनबाट प्रहरीले नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिका १०, सुखेपोखरीस्थित सडक छेउमा बेवारिसे अवस्थामा छाडिएको झोलाभित्रबाट नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज बरामद गरेको हो 
केटा मानिसले भिर्ने झोलाभित्रबाट एक हजार दरको नक्कली नोट ५१ थान र नोट साइजको सादा कागज १२ बण्डल बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार बरामद गरिएको नक्कली नोट र अन्य कागजातका सम्बन्धमा थप अनुसन्धान सुरु गरिरहेको छ । पछिल्लो समय सर्लाहीमा यसरी नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागजको प्रयोग बढ्दो रहेको प्रहरी उपरिक्षक सुवेदीले बताए ।
छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेको जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा त्यस्ता नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागजात सहित केहीमानिसहरु प्रहरीले नियन्त्रणमा लिई रहेको छ । नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागजात सहित मानिसहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेपछि नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागजातहरु प्रयोगकर्ताहरु त्रसित भएका छन् ।

सम्बन्धित समाचार