Close This

सर्लाहीको ईश्वरपुरमा बस र पिकअप ठाेकिदा १ जनाकाे घटनास्थलमै ज्यानगयाे,करिब डेढ दर्जन घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-४ गते   ३५२ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित पुर्व पश्चिम लाेकमार्गमा बस र पिक अप एक आपसमा ठाेकिदा १ जनाकाे ज्यान गएकाे छ । ईश्वरपुर नगरपालिका १२ बाँके स्थित पुर्व पश्चिम लाेकमार्गमा पश्चिमबाट पुर्व जाँदै गरेकाे यात्रु बस र पुर्वबाट पश्चिम तर्फ आउदै  गरेकाे पिकअप एक आपमा ठाेकिदा बसका सह चालक १ जनाकाे घटना स्थल मै ज्यान गएकाे छ भने बस र पिकअपमा सवार गरि करिब  डेढ दर्जन घाईते भएका छन् ।
साेमबार दिउँसो करिब २:२० बजे पुर्वबाट पश्चिम तर्फ आउदै गरकाे बागमती प्रदेश ०१ -०२५ च ५७४३ पिकअप र पश्चिमबाट पुर्व तर्फ जाँदै गरेकाे ना ५ ख ५५१५ नम्बरकाे यात्रु बस एक आपसमा ठाेकिएकाे प्रहरीले जनाएको छ ।
बसका सह चालक सुनसरीकाे ईटहरी उपमहानगरपालिका -४ का ३७ वर्षीय भीम राजवंशीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय बयलवास केशरगन्जले जनाएको छ । प्रहरीका अनुसार बसमा सवार कति थिए र घाईते कति  छन् भन्ने विषयमा  घाईतेहरुकाे  विवरण आउन बाकि रहेकाे प्रहरीले जनाएको छ ।  
बस र पिकअपका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने घाईतेहरुलाई उपचारका लागि लालबन्दी तर्फ पठाईएकाे प्रहरीले जनाएको छ । घाईतेहरुकाे लालबन्दी माेडेल अस्पतालमा उपचार भईरहेकाे छ । बससँग ठाेक्किएकाे पिकअप भ्यान उछ्छिटिएर जंगलभित्रै पुगेकाे छ । भने बस र पिक अपका चालक प्रहरीकाे नियन्त्रणमा छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech