गैर कानुनी र अपराधिक क्रियाकलाप गर्नेहरुको निदहराम गर्ने दवंग प्रनाउ भाट सम्मानीत

3.3k Shares

सर्लाहीको बरथवामा रहेको ईलाका प्रहरी कार्यालय बरथवा सर्लाहीमा कार्यरत प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाट सम्मानीत हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रहरी नायव उपरिक्षक भाटलाईप्रशंसा पत्रले सम्मानीत गरेको हो ।


नेपाल प्रहरीका  आशा लाग्दो अधिकृत प्रहरी नायव उपरिक्षक भाटले निर्भिक, इमान्दार, बफादार पुर्ण व्यावसायिक, र साहासिक रुपमा कार्य सम्पादन गदै कर्तव्यनिष्ठ र तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध नियन्त्रण अनुसन्धानको क्षेत्रमा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले उहाँलाइ प्रशंसा पत्र सहित सम्मान गरेको  हो ।
विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी नायव उपरिक्षक भाटलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।  
ईलाका प्रहरी कार्यालय बरथवा प्रमुख भएर आउनु भएका प्रहरी नायव उपरिक्षक भाटले सो क्षेत्रमा गैर कानुनी क्रियाकलाप गर्ने र अपराधिक क्रियाकलाप गर्नेहरुको दवंग शैलीमा निदहराम गर्नु भएको छ ।

सम्बन्धित समाचार