सर्लाहीका निर्माण व्यवसायी साह जनकपुर विमानस्थलबाट पक्राउ

295 Shares

सर्लाहीका एक निर्माण व्यावसायीलाई बैँकिङ कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ।जनकपुर विमानस्थलबाट सर्लाहीको कविलासी नगरपालिका स्थित रहेको ग्लोबल निर्माण सेवा प्रा.लिका सञ्चालक कविलासी नगरपालिका १ का संजीव कुमार साहलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीलाई जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ७ निवासी सिद्धी बहादुर राय क्षेत्री(अर्जुन)को रु २७ लाखको बैँकिङ कसुरको जाहेरीले साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।साह माथि ईलाका प्रहरी कार्यालय लालबन्दीमा करिब दुई महिना पहिला अर्जुनले बैँकिङ कसुर सम्बन्धी जाहेरी दर्ता गराएका थिए।त्यसपछि लुकीछिपी बस्दै आएका साहलाई शनिबार साँझ करिब छ बजे जनकपुर विमानस्थलबाटै नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।उनी बैँकिङ कसुर सम्बन्धी विषयमा जाहेरी परेदेखि नै लुकीछिपी बस्दै आएकामा काठमाण्डौँबाट जनकपुर तर्फ आउँदा जनकपुर विमानस्थल बाटै जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले नियन्त्रणमा लिएर जाहेरी परेको ईलाका प्रहरी कार्यालय लालबन्दीलाई शनिबार राती नै बुझाईएको धनुषा प्रहरीले जनाएको छ।उनी अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार