Close This

वेवारिसे खयर काठ बरामद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-८ गते   ८६१ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका–९, डुम्रिघारीमा शंकास्पद अवस्थामा रहेको ठूलो परिमाणको काठ बरामद गरिएको छ । चुरेभेगबाट खयर जातका झण्डै तीन सय क्यूविफिट अर्थात ५ सय २२ गोलिया काठ बरामद भएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत माधव प्रसाद देवले जानकारी दिनु भयो । डिभिजन वन अधिकृत देव नेतृत्वको वन गस्ती टोली गस्ती गर्दै जाने क्रममा शुक्रवार बेवारिसे अवस्थामा रहेको काठ फेला पारेको हो ।
 काठ रहेको स्थान वन क्षेत्र वा आवाधी हो ? भन्ने खुल्न नसकेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । बरामद गरिएको काठ हरिवन नगरपालिका–९,का वडाध्यक्ष सिताराम पोखरेल सहितको उपस्थितिमा मुचुल्का उठाई स्थानीय शिवेश्वर सामुदायिक वनमा सुरक्षित राखेर अनुसन्धान गर्ने काम भइरहेको डिभिजन वन अधिकृत देवले बताउनु भयो । वन गस्ती टोलीले बरामद गरेको कतिपय काठमा टाँचा लगाएको छ भने केही काठ वरिपरी नै काटेको ठूटा  समेत फेला परेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech