ईश्वरपुर सहितका स्थानीय तहहरुमा भूमि प्रशासन सेवा सञ्चालन हुने

185 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकाले पनि भूमि सेवा सञ्चालन गर्ने भएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८३ असार २३ गते जारी गरेको पत्र मार्फत भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई आवश्यक समन्वय गरी सम्बन्धित स्थानीय तहमा भूमि प्रशासन सेवा सञ्चालन गर्न निर्देशन दिएको पत्रबाट ईश्वरपुर नगरपालिकाले पनि भूमि सेवा सञ्चालन गर्ने भएको पाइएको हो ।
मन्त्रालयको निर्णय अनुसार प्रारम्भिक चरणमा सेवा सञ्चालन हुने स्थानीय तहमध्ये सर्लाहीको ईश्वरपुर,लालबन्दी र हरिवन नगरपालिका लगायतका स्थानीय तहहरुले भूमि सेवा सञ्चालनका लागि मन्त्रालयले मागेको सहमती नजाएका इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताए ।
ईश्वरपुर नगरपालिकाबाटै भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन हुने प्रक्रिया अघि बढेको र निरन्तर पहलले नगरवासीलाई ठूलो राहत मिल्ने नगर प्रमुख आचार्यले बताए ।हालसम्म भूमि प्रशासन सम्बन्धी सेवाका लागि ईश्वरपुर नगरपालिका नागरिकले जिल्ला सदरमुकाम मलंगवा धाउनुपर्ने बाध्यता थियो भने लालबन्दी र हरिवन नगरपालिकाले हरिवन स्थित कार्यालय धाउनु पर्ने बाध्यता थियो ।
 अब भूमि सम्बन्धी सेवा स्थानीय स्तरमै उपलब्ध भएपछि समय,खर्च र झन्झटमा कमी आउने अपेक्षा गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।मन्त्रालयले सम्बन्धित निकायलाई आवश्यक समन्वय गरी सेवा सञ्चालनका लागि आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएको छ।यससँगै आवश्यक जनशक्ति,पूर्वाधार व्यवस्थापन,कर्मचारी परिचालन तथा तालिमको व्यवस्था गरी सेवा प्रवाहको तयारी गरिने मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचार