सर्लाहीका महिला अधिकारकर्मीहरुद्धारा प्र.जि.अ.श्रेष्ठलाई ज्ञापन पत्र

381 Shares

सर्लाहीका महिला अधिकारकर्मीहरुले सरकारले आपराधिक संहिता संशोधन गरी विशेष परिस्थितिमा बहुविवाहलाई कानुनी मान्यता दिन खोजेको प्रस्ताव प्रति आपत्ती जनाएका छन् ।जिल्लाका महिला मानव अधिकार रक्षककर्मीहरुले उक्त प्रस्ताव संविधान,महिला अधिकार तथा अन्तर्राष्ट्रिय सन्धिको उल्लंघन भएको भन्दै तुरुन्त फिर्ता लिन सरकारसंग आग्रह गरेका छन्। उनीहरूले उक्त प्रस्तावले महिला हिंसा,लैङ्गिक विभेद र असमानता झनै बढाउने खतरा रहेको उल्लेख गर्दै खारेजको माग गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका शान्ति सेवा नेपालकी संयोजक बनिता कार्कीले जानकारी दिईन् ।
उनका अनुसार महिला अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झा,कार्यक्रम अधिकृत गुन्जा कुमारी,मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष मुकेश मिश्र, जिल्ला संयोजक संगिता नेपाली,सामी मनोविमर्शकर्ता राम सोमारी साह,पहिचान नेपालकी संयोजक नगमा खान,मुक्ति नेपाल सर्लाहीकी अभियन्ता रिना साह, र इन्सेक नेपालका बुधन साह लगायत अधिकारकर्मीको हस्ताक्षरमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठ मार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको हो ।

सम्बन्धित समाचार