मिटर ब्याज पीडित र वित्तीय शोषणका विरुद्धमा जनकपुरमा नेकपाको मसाल जुलुस प्रदर्शन

603 Shares

नेपाल कम्युनिष्ट पार्टी धनुषाले मिटर ब्याज पीडित र वित्तीय शोषणका विरुद्धमा जनकपुरमा विशाल मसाल जुलुस प्रदर्शन गरेको छ।नेपाल कम्युनिष्ट पार्टी धनुषाका इन्चार्ज विश्वजित यादवको समन्वय एवम मिटर व्याज तथा लघुवित्त पीडित संघर्ष समितिका अध्यक्ष राजाराम यादवको नेतृत्वमा जनकपुरधामको गोपाल धर्मशालाबाट सुरु भएको मिटर ब्याज पीडित र वित्तीय शोषणका विरुद्धमा जनकपुरमा विशाल मसाल जुलुस राममन्दीर हुँदै शिव चोकमा पुगेर कोणसभामा परिणत भएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम मधेश प्रदेश कार्यालय सचिव पवन महतोले जानकारी दिए ।

m2.jpg
उनका अनुसार“मिटर व्याजी पीडितहरुको सम्पती फिर्ता गर।शुद्धखोरहरुको सम्पती छानविन गर .।वित्तिय शोषण पीडितहरुलाई न्याय दे।राज्यसंग गरिएका सहमतीहरुलाई अक्षरांस पालना गर र वित्तिय पीडित तथा मिटिर व्याजपीडितहरु माथि भएको कानुनी ज्यादती वन्द गर ।”लगायतका नारा सहित सयौँको संख्यामा निकालीएको विशाल मसाल जुलुस प्रदर्शनको कोण सभालाई नेपाल कम्युनिष्ट पार्टी धनुषाका सेक्रेटरी गौरी यादव लगायतले सम्बोधन गरेका थिए ।

m3.jpg

मधेश प्रदेशका आठ जिल्लाहरुमध्य धनुषा मिटर ब्याज पीडित र वित्तीय शोषणमा सबै भन्दा आक्रान्त रहेको नेपाल कम्युनिष्ट पार्टी धनुषाका इन्चार्ज विश्वजीतले बताए ।

 

सम्बन्धित समाचार