Close This

मरिण गाउपालिकामा करिब ३ करोडको लागतमा ठुला ६ वटा खानेपानी आयोजना निर्माण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-७ गते   ३६ पटक हेरिएको

सिन्धुलीको मरिण गाउपालिकामा यस बर्ष ठुला ६ वटा खानेपानी आयोजना निर्माण हुने भएका छन् । बिहीवार(आज) मरिण गाउपालिका र नेपाल स्वास्थ्यको लागि पानी(नेवा) विच ठुला खानेपानी आयोजना र सरसफाई आयोजना संचालन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएपछि मरिणमा ६ ठूला खानेपानी आयोजना निर्माण् हुने भएका मरिण गाउँपालिका ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमर्स मोक्तान(प्रख्यात)ले जानकारी दिनुभयो ।  उहाँका अनुसार गाउँपालिका र नेवाको साझेदारी तथा जनश्रमदानमा झन्डै सवाँ दुई करोड भन्दा बढी लागतमा ठुला ६ वटा खानेपानी आयोजना निर्माण गर्ने तयारी भईरहेको छ ।
यस बर्ष सिन्दुरे दोभान, रातमाटा, नक्ले डाँडा, मथौली, बेदपानी,हंसपुर र चनौटे दरवार लगातयका स्थानहरुमा  गरी ६ वटा ठुला खानेपानी आयोजना निर्माण गर्न गाउँपालिका र नेवा बिच सहमती भई हस्ताक्षर भएको मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।
यी ठुला खानेपानी आयोजना निर्माणका लागि जन श्रमदानबाट रु ५६ लाख ३४ हजार ३४,समुदायको नगद योगदान  रु १६ लाख २८ हजार ३ सय ३४ गाउँपालिकाको समपुरक कोषको रकम  रु २५ लाख ४१ हजार ४ सय ९९ र नेवाको सहयोग रु १ करोड ८६ लाख २३ हजार ७ सय ११ गरी कुल रु २ करोड ८४ लाख २७ हजार ५ सय ७८ लागत लाग्ने अध्यक्ष बम्जनले बताउनुभयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech