Close This

युवा संगठन नेपाल सर्लाहीद्वारा लागुऔषध, विकृति विसंगतिविरुद्ध विरोध प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-५ गते   ६६ पटक हेरिएको

नेत्र विक्रम चन्द(विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल सर्लाहीले लागुऔषध, विकृति विसंगतिविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रममा युवा संगठन नेपालका निर्वातमान केन्द्रिय उपाध्यक्ष दिनेश, जिल्ला सेक्रेटरी कमल सुस्लिङ, युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज विचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा जनकपुर ब्युरो संयोजक पदम मगर, तामाङ मुक्ति मोर्चा सिन्धुली जिल्ला संयोजक लवाङ सिंह, युवा संगठन नेपाल सर्लाही जिल्ला सदस्य तारा लामा लगायतको विशेष उपस्थितिमा लागुऔषध, विकृति विसंगतिविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।
विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका निर्वातमान केन्द्रिय उपाध्यक्ष दिनेशले सम्पूर्ण युवाहरुको भविष्य बिगार्ने लागू औषध विरुद्ध सबै नागरिक लाग्नु पर्ने बताउनु भएको युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज विचारमानले जानकारी दिनु भयो । सुकुम्बासी नगरिक लगायत सम्पूर्ण नागरिक जनताको अवाज उठाउने पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र रहेको बताउँदै युवा संगठन नेपालका निर्वातमान केन्द्रिय उपाध्यक्ष दिनेशले भ्रष्टाचारी, दलाली, देशद्रोहीहरुकै मिलेमतोमा कुमार पौडेलको हत्या भएको समेत दाबी गरेका छन् ।
युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज विचारमानले अहिलेको युवाहरूलाई संसदिय व्यवस्थाको चुनावले लागुऔषध, मादक पदार्थ खुवाएर आफ्नो चुनावको प्रचारमा लगाएको आरोप लगाएका छन् । उनले युवाहरुलाई दलाली, भ्रष्टाचारी र युवाहरुको भविष्य बिगार्ने संसदीय चुनावमा नजान अपिल समेत गरेका छन् । जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादी जनताको व्यवस्था ल्याउने अभियानमा साथ दिन पनि उनको अपिल छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech