काठ चोरी तस्करी गर्ने दुई उद्योग र दुई जना विरुद्ध अदालतमा मुद्धा दर्ता

261 Shares

सर्लाहीको हरिवन नगरपालिका ८ बाट विभिन्न प्रजातीका अवैध काठ सहित पक्राउ परेका सःमिल सञ्चालकलाई डिभिजन वन कार्यालयले मुद्धा चलाएको छ ।हरिवन नगरपालिका ८ स्थित रहेको प्रमोद भट्टराईको समिल र मुरारी प्रसाद साहको भेनियर उद्योगमाथि वन नियमावली २०७९ को नियम २७ बमोजिमको प्रकृया पुरा नगरेको देखिएकाले मुद्धा दायर गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाएपछि अनुसन्धान गर्दै जाँदा प्रतिवादि भट्टराईको समिल र साहको भेनियर उद्योगमा बरामद भएका विभिन्न प्रजातिका गोलिया तथा चिरान काठहरु के कुन निजी नम्बरी अवादीको हो भन्ने स्पष्ट रुपमा खुल्न नआई टाँचा निस्सा नलागेको,छोडपुर्जि नलिएको,भ्याट तिरेको समेत नदेखिएको र वन नियमावली २०७९ को नियम २७ बमोजिमको प्रकृया निज प्रतिवादीहरुले पुरा गरेको समेत नदेखिएको उनीहरुमाथि मुद्धा दायर गरिएको हो ।
उनीहरुको सःमिल र उधोगबाट बरामद भएका विभिन्न जातको छ सय २१ थान गोलिया अन्दाजी दुई हजार दुई सय १३ दशमलव ५५ क्यूविफिट,१४ थान चिरान काठको २२ दशमलव ३२ क्यूविफिट र प्लाईउड पत्ता एक हजार एक सय ५३ किलो र आँप मसला जातको मिश्रीत दाउरा एक चट्टा अवैद्य रुपमा ओसार पसार गरी कानुन विपरित वन पैदावार राख्ने कार्य गरेको वारदात पुष्टि हुन आएकाले उनीहरु विरुद्ध वन ऐन २०७६ को दफा ४९ को देहाय(च), (थ) र (घ) बमोजिमको कसूर गरेको देखिदा उनीहरुलाई सोही ऐनको दफा ५० को उपदफा ६ को देहाय (ङ)बमोजिम सजाय गरि सोहि दफाको उपदफा (१२) बमोजिम थप सजाय गरि उपदफा (१४) बमोजिम सजाय हुन र बरामद भएको काठ सोही ऐन को दफा ५० (६) बमोजिम जफत हुन समेत मागदाबि लिने भन्दै मुद्धा दायर गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार फरार प्रतिवादी साहलाई जिल्ला अदालत सर्लाहीबाट म्याद जारी गरिएको छ । उक्त बरामद विभिन्न प्रजातिका काठहरु निजी,नम्बरी वा आवादी जग्गाकै हुन भनी स्पष्ट रुपमा नदेखिएको हुँदा र उक्त काठहरु राष्ट्रिय वन अन्तर्गत पर्ने चापिनी खोलाबाट ओसारपसार गरि आफ्नो सःमिल तथा उद्योगमा राखिएको देखिएको हुँदा भट्टराई र साहलाई आवश्यक कार्बाहीको लागि सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत सर्लाहीमा मुद्धा दायर गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत अहमद्ले बताए ।

सम्बन्धित समाचार