लालबन्दीबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-६ गते   ३३८१ पटक हेरिएको

सर्लाहीको लालबन्दीबाट लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेकोे छ । सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई शंकालागि चेकजाँच  गर्दा गाँजासहित एक जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
लालबन्दी नगरपालिका ७ मा चेकजाँच गर्दा बसमा सवार अन्दाजी १९ वर्षीय सुवास मोक्तानको साथबाट २ किलो २ सय ग्राम गाँजा बरामद गरिएको प्रहरी निरिक्षक थापाले बताउनु भयो । 
लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तानले झोलामा गाँजा राखेर बसमा लालबन्दी तर्फ आएका थिए ।  नियन्त्रणमा लिएका उनको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech