लालबन्दी ८ मा आजबाट नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुदै,पहिलो दिन आज आयोजक र लालबन्दी १३ खेल्ने

एसपि गौरव    प्रकाशित: २०८०-६-२४ गते   ३४९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ८ मा नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।“देश प्रतिको हाम्रो माया,खेलकुदको विकास हाम्रो चाहना”भन्ने मुल नाराका साथ असोज २४ गते बुधबार(आज)बाट कार्तिक ३ गते सम्म लालबन्दी नगरपालिका ८ मा नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुने आयोजक लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष शुक्र लामाले जानकारी दिए ।

उनका अनुसार लालबन्दी नगरपालिका ८ मा रहेको आठ स्टार युवा क्लवको सह योजना र लालबन्दी नगरपालिका ८ को आयोजनामा असोज २४ गते बुधबार(आज)बाट लालबन्दी नगरपालिका ८ मा नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।लालबन्दी नगरपालिकाका १७ वटा वडाबाट प्रति वडा एउटा क्लवका दरले १७ वटा क्लवको सहभागितामा सञ्चालन हुने नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने छ ।

लालबन्दी नगरपालिका र लालबन्दी नगरपालिका ८ का साथै लालबन्दी नगरपालिका ८ मा रहेको आठ स्टार युवा क्लवको संयुक्त साझेदारीमा सञ्चालन हुने प्रतियोगितामा करिब रु १२ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष लामाले बताए । उनका अनुसार  प्रतियोगितामा प्रथम हुने टिमले रु एक लाख नगद,प्रमाण पत्र र मेडल,द्धितिय हुने टिमले रु ५० हजार नगद,प्रमाण पत्र र मेडल साथै तृतिय हुने टिमले नगद रु २५ हजार,प्रमाण पत्र र मेडल पाउनु हुने छ ।प्रतियोगिताको हरेक दिन म्यान अफ द म्याच हुने खेलाडीले रु पाँच हजार नगद,उत्कृृष्ट खेलाडी र उत्कृृष्ट प्रशिक्षकले रु पाँच÷पाँच हजार नगद पाउनु हुने छ ।

त्यसैगरी विद्यागत खेलाडीहरुमा उत्कृष्ठ गोल किपर,वेष्ट डिफेन्डर,वेष्ट मिल्ड फिल्डर,सर्वाधिक गोलकर्तालाई पनि रु पाँच÷पाँच हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ठ खेलाडी र वेष्ट कोचलाई नगद रु सात÷सात हजार प्रदान गरिने आयोजकले जनाएको छ । लालबन्दी नगरपालिका र नगरका वडाहरु विच हरेक वर्ष हुँदै आएको नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता यस वर्ष लालबन्दी नगरपालिका ८ मा हुने भएको हो ।आज पहिलो दिन आयोजक लालबन्दी नगरपालिका ८ र लालबन्दी नगरपालिका १३ वीच दिउँसो ३ बजेबाट प्रतियोगिता सुरु हुने छ ।आज एक औपचारीक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको उद्धघाटन गरिने आयोजक लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष लामाले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech