Close This

आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिन्छ ः मुख्य मन्त्री पोख्रेल

पत्र पत्रिका    प्रकाशित: २०७७-२-२२ गते   २५५ पटक हेरिएको

 काठमाडौंका व्यापारीहरुले आज (बिहीबार)देखि आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेकामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि जनाउनुभएको छ। मुख्यमन्त्री पोखरेलले आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गर्नुभएको छ।

‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।’ सामाजिक सञ्जाल फेसबुकमा मुख्य मन्त्री लेख्नुभएको छ, ‘आफुखुसी बजार खोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गम्भीर बनौं ।’

क्वारेटाइन र लकडाउनका कारण अहिलेसम्म कोरोना भाइरस समुदायमा नफैलिएको पोखरेलको दावी छ । सरकारले कोरोना भाइरस महामारी रोक्न चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आएको छ ।

तर पछिल्लो समय व्यवसायीहरुले लकडाउन हुँदा पनि कोरोना भाइरस संक्रमण रोकथाम नभएको र व्यवसाय खोल्ने सरकारसँग कुनै योजना नभएको भन्दै आफुखुशी पसल खोल्न थालेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech