Close This

राप्रपा सर्लाहीद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१२ गते   ३१८ पटक हेरिएको

राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को कठिन परिस्थितीबाट मुलुक गुज्रिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा भएको प्रतिनिधि सभा विघटनले देशमा संकटकालीन परिस्थिती सृजना भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीको ठहर छ । 
                                                कोरोना भाईरस(कोभिड १९) को नियन्त्रण,महंगी,बेरोजगारी समस्या समाधान,भ्रष्टाचार नियन्त्रण,धर्म परिवर्तन लगायतका विषयमा सरकारको ध्यान नपुगेको भन्दै आफुहरुको गंभिर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनमा जाने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राज संस्था पुनः स्थापनाको पक्षमा आफुहरु सधैँ रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीका अध्यक्ष प्रभाकर सिंहद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । संविधानमा रहेको धर्म निरपेक्षता खारेज गरि पुर्ण धार्मिक स्वतन्त्रता सहितहिन्दु राष्ट्र घोषणा,राजसंस्था सहितको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलन,जवरजस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न,बेरोजगारी अन्त्यका लागि अल्पकालिन र दीर्घकालिन  कार्ययोजना,कोरोना नियन्त्रण, महंगी र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी नीति तथा योजना,गौ रक्षको प्रभावकारी कार्य योजना,आर्थिक रुपमा विपन्न रहेकालाई आरक्षणको व्यावस्था गर्न,पौष २७ गते पृथ्वी जयन्ती(राष्ट्रि एकता दिवश),फागुन ७ गते त्रिभुवन जयन्ती र प्रजातन्त्र दिवश,कर्माचारीहरुले कुनै पनि राजनैतिक दलको सदस्य बन्न पाउने व्यावस्थाको अन्त्य,धार्मीक मठ,मन्दीरगुम्वा,मस्जिद र चर्च तथा धार्मीक सम्पतीको सरकारी नियन्त्रण अन्त्य,प्रशासन,शैक्षिक संस्था,कृटनितिक नियोग,संवैधानिक अंगमा भएकोराजनीतिक हस्तक्षेप अन्त्य तथा रानजैतिक भागवण्ड अन्त्य, १०५० को शान्ती तथा मैत्री सन्धि प्रतिस्थापन,भारतसंगको खुल्ला सिमाना व्यावस्थित,अतिक्रमित नेपाली भूमीफिर्ता लिन कुटनीतिक पहल,नागरिकता विवाद सधैँका लागि अन्त्य, सबै प्रकारका कानुनले निषेधित अन्त्य,स्थानिय सरकारको अव्यवहारीक कर खारेज,कृर्षि समसया समाधान,विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार,उखु एतपादक किसानको समस्या सधैँका लागि समाधान र माध्यामिक तहसम्म संस्कृतशिक्षाको मााग गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीले सर्लाहीका सचिव टंक प्रसाद रिजालले जानकारी दिनु भयो । 

            देश संघियतामा गएपछि नेपाली जनता थप मारमा परेको भन्दै जनताको अपेक्षा अनुसार संघियता नभएको र संघियताका कारण अव्यावहारीक तथा अराजनैतिक गतिविधि बढेको भन्दै आफुहरुको ध्यानाकर्षण भएको पुर्व सांसद राजेश्वरी देवीले बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीका अध्यक्ष सिंह, पुर्व सांसद राजेश्वरी,जिल्ला सचिव रिजाल,युवक संगठनका निरन्जन मैनाली लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीका सयौँ नेता तथा कार्यकर्ताको उपस्थिीतीमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाइएको राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech