कौडेनाको विशेष गाउँ सभा एवम हिउँदे अधिवेशन सम्पन्न

189 Shares

सर्लाहीको कौडेना गाउँपालिकाले आईतबार विशेष गाउँ सभा एवम हिउँदे अधिवेशन सम्पन्न गरेको छ।मधेश प्रदेश सरकारका निवर्तमान मन्त्री एवम प्रदेश सभा सदस्य कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा चालु आर्थिक वर्ष २०८२/०८३ को विशेष गाउँ सभा एवम हिउँदे अधिवेशन सम्पन्न भएको गाउँपालिका अध्यक्ष रुपेश कुमार राय यादवले जानकारी दिए।उनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म पुँजीगत र चालुतर्फको खर्च विवरण समेत प्रस्तुत गरिएको छ ।
कौडेना गाउँपालिकाले संविधान अनुसार विशेष गाउँ सभा एवम हिउँदे अधिवेशन गरेर चालु आर्थिक वर्षमा हालसम्म भएका गतिविधि तथा विकास कार्य सम्वन्धी प्रगति प्रतिवेदन सार्वजनिक गरिको प्रति गाउँ सभाका प्रमुख अतिथि एवम प्रदेश सभा सदस्य रायले खुसी व्यक्त गरे ।गाउँपालिकाको विशेष गाउँ सभा एवम हिउँदे अधिवेशनमा गाउँ सभा सदस्य,गाउँपालिकाका सबै १ देखि ७ सम्मका वडाका जनप्रतिनिधि तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार