सर्लाहीको ईश्वरपुरमा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार भन्दा बढीले आँखा जाँच गराएका छन्।इश्वरपुर नगरपालिका ९ स्थित आँखा उपचार केन्द्रमा आईतबार छैठौँ दिन सञ्चालन भएको शिविरमा एक हजार तीन सय ४४ जना आँखाका बिरामीहरुले निःशुल्क आँखा जाँच गराएका इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार हालसालै सञ्चालनमा आएको आँखा उपचार केन्द्रमा ईश्वरपुर नगरपालीका,भरतपुर आँखा अस्पताल,नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर,आरोग्य संगठन सर्लाही र नेपाल स्काउट ईश्वरपुर नगरपालिका सँगको समन्वयमा सञ्चालन भएको निःशुल्क आँखा जाँच शिविरमा आँखाको निःशुल्क सल्याक्रिया तथा आवश्यक औषधीका साथै चश्मा समेत वितरण गरिएको छ ।इश्वरपुरका नगर प्रमुख आचार्यको अथक प्रयास पछि इश्वरपुर ९ मा आँखा उपचार केन्द्र स्थापना भएको स्थानीय नाथुराम चौधरीले जानकारी दिए ।जनप्रतिनिधि हुनु पहिला पनि समाजिक काममा व्यस्त आचार्य नगर प्रमुख भएपछि झन तल्लिन भएर लागेका छन् ।