चेम्बर अफ कमर्सद्वारा प्रजिअ महत्तो र डिएसपी बुढाथोकीलाई स्वागत

3.6k Shares

चेम्बर अफ कमर्स सर्लाहीले सर्लाहीमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी(सिडियो) र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई स्वागत गरेको छ ।  बुधबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि चेम्बर अफ कमर्स सर्लाहीले प्रमुख जिल्ला अधिकारी(सिडियो) र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई स्वागत गरेको हो । 
भरखरै सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो र प्रहरी नायव उपरिक्षक (डिएसपी)माधव प्रसाद बुढाथोकीलाई  स्वागत गर्दै कर्मसका बरिष्ठ उपाध्यक्ष संजय गुप्ताले उहाँहरुको सर्लाहीको बसाई सुखद होस् भन्ने कामना गर्दै सफल कार्यकाल शुभकामना ब्यक्त गर्नु भयो । उहाँले  जिल्लाको बृहत्तर विकासका लागि सुरक्षा निकाय, प्रशासन , निजि तथा व्यवसायीक क्षेत्रको सहकार्य हुनु पर्नेमा जोड दिंदै स्थानिय प्रशासन संग मिलेर समग्र सर्लाहीको  विकासका लागि   सर्लाही चेम्बर अफ कमर्स सदैव तत्पर रहने बताउनु भयो । कार्यक्रममा  प्रजिअ महतो र डिएसपी बुढाथोकीलाई जिल्लाका विभिन्न समस्याहरुको बारेमा समेत उहाँले जानकारी गराउनु भएको छ ।
सरकारसँग लाइसेन्स लिएर  नेपाल भारत सिमा नजिक सरकारलाई कर बुझाएर बिक्री वितरणका लागि ल्याउने मदिराहरुको बिक्री वितरणमा स्थानिय प्रहरी प्रशासनले व्यापारीहरुलाई अवरोध गर्ने गरेकोले यस सम्बन्धि ध्यान पुर्याउन ,मलंगवा नगरपालिका र ब्रह्मपुरी गाउँपालिकाको भेल्ही नजिकको झिम भएर  रातको समयमा आवतजावत गर्ने व्यापारी तथा सर्वसाधारणहरुलाई केही लुटेराहरुले लुटपाट गर्ने गरेकोले सोको नियन्त्रण गर्न पहल गरिदिन पनि कर्मसका बरिष्ठ उपाध्यक्ष गुप्ताले आग्रह गर्नु भयो ।
   त्यस्तै कोरोना भाइरसको संक्रमणलाई लिएर सरकारले जारी गरेको २ महिने लकडाउनका कारण आ आफ्नो व्यापार व्यवसाय तथा  उद्योग धन्दाको  नविकरण गराउनबाट बन्चित भएकाहरुसँग घरेलु कार्यालयले नविकरण गराउन ढिलो भएको भन्दै  जरिवाना असुल गरिरहेकोले जरिवाना नलिनका लागि नेपाल सरकारसँग पहल गरिदिन र बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर संचालन गरेको पसल तथा उद्योगधन्दा  लकडाउनको अवधीभरी बन्द रहेकाले सो अवधीभरी लाग्ने ब्याज रकम मिनाहा गराउन आवश्यक पहल गरेर  सहयोग गरिदिन कमर्सले प्रजिअ महत्तोसँग आग्रह गरेको छ । 
स्वागत कार्यक्रमका सहभागीहरुले  जिल्लाको एक अर्को विकराल समस्याको रुपमा रहेको लागुऔषधको ओसारपसार तथा सेवन जस्ता गम्भीर समस्याको विषयमा ध्यानाकर्षण गराउँदै त्यसलाई  नियन्त्रण गर्न कडाइसाथ पहल गरिदिन आग्रह गरेका छन् । स्वागत तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर,सशस्त्र प्रहरी बल १० नं. हे.क्वा.गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठ, चेम्बर अफ कमर्स सर्लाहीका पदाधिकारी तथा सदस्य लगायत उद्योगी व्यापारी,व्यापारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार