सर्लाहीमा विद्युत् प्राधिकरणले प्रसारण लाइनका तार,पोल व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको छ।प्राधिकरणले गाडेको धेरै पोल जीर्ण र छोटो भएकाले विद्युत् प्रवाह हुने तार भुइँमा लत्रिएर दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाई छ ।ग्रामीण बस्तीका बिजुलीका तार भुइँमा लत्रिएर स–साना रुख छुन थालेका छन्।लगातारको वर्षाले माटोमा गाडेको पोलसमेत कतिपय स्थानहरुमा ढली सकेका छनु भने कतिपय पोलहरु ढल्ने अवस्थामा पुगेका छन्।यसरी भुइँमा लत्रिएका तारमा काग,परेवालगायतका पंक्षी बस्दा विद्युत् अवरुद्ध हुने र तार शर्ट भएर आगलागीको घटना समेत हुने गरेको स्थानीय बताउ छन् ।भुइँमा लत्रिएको तार व्यवस्थापन गरिदिन स्थानीयले विद्युत् प्राधिकरणसंग पटक पटक आग्रह गर्दा पनि प्राधिकरणले वेवास्था गरेको स्थानीयको गुनासो छ ।
विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाको क्षेत्रमा बढी पोलहरुमा यस किसिमका समस्याहरु देखिएका छन् भने वितरण केन्द्र बरहथवा र लालबन्दीको क्षेत्रमा समेत विद्युतका तार र पोलमा यस प्रकारका समस्याहरु देखिएका स्थानीयको भनाई छ।यता,अव्यवस्थित तार पोलहरुको व्यवस्थापनको काम वर्षाका कारण हुन नसकेको र अव चाँडै व्यावस्थापनको कामममा लाग्ने जिल्लाका विद्युत प्राधिकरण वितरण केन्द्रहरुले बताएका छन् ।