“जेन जी”पुस्ताको आन्दोलनका कारण विस्थापित भएका सर्लाहीका ३४ वटा प्रहरी कार्यालयहरु मध्य ३३ वटा प्रहरी चौकीमा प्रहरी फर्किएका छन्।“जेन जी” पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनका कारण प्रहरी कर्मचारी नै असुरक्षित भएपछि जिल्लाका ३४ वटा प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नजिकैको माथिल्लो कार्यालयमा स्थानान्तरण गरिएकोमा हाल ३३ वटा प्रहरी कार्यालयहरुमा प्रहरी कर्मचारीहरु फर्किएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय कौडेना,प्रहरी चौकी बहादुरपुर,प्रहरी चौकी भाडसर, प्रहरी चौकी खुटौना,अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्प,अर्नाहा,छन्कीटोला,मधुवनीगाउ,सिसौट,खैर्वा र बहुअर्वा, बाराउधोरण, मधुवनीगोठ, गोडैता, सुन्दरपुर, औरही, नाढीमन, मुर्तिया ,मानपुर, हजारिया, राजघाट, सोल्टी, हरकठवा, कबिलासी, संग्रामपुर, हरिपुर्वा,नारायणपुर,घुर्कौली,जिरायत, फुलजोर,कालिन्जोरका साथै पत्थरकोट र परवानिपुर लगायतका ३४ वटा प्रहरी कार्यालयहरु खाली रहेकामा हाल प्रहरी चौकी कौडेना बाहेकका सबै प्रहरी कार्यालयहरुमा साविककै प्रहरी कर्मचारीहरु फर्किएका छन् ।
प्रदर्शनकारीले आगजनी तथा तोडफोड गरेर कार्यालयमा क्षति पु¥याएको तथा प्रहरी कर्मचारीहरु नै असुरक्षित रहेका कारण नजिकैको माथिल्लो कार्यालयहरुम मर्ज गरिएका प्रहरी चौकीहरुमा अहिले स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोेगमा मर्मतको काम सकेर प्रहरी फिर्ता पठाईएको हो ।
जिल्ला सुरक्षा समितिका पदाधिकारीले अनुगमन गर्न जाँदा स्थानीयले तत्काल प्रहरी फर्काइदिन माग गरे अनुसार खाली गरिएका प्रहरी चौकीहरुमा धमाधम प्रहरी फिर्ता पठाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।
देशभर कै सबै भन्दा धेरै २० वटा पालिका रहेको सर्लाहीमा करिब ७५ वटा प्रहरी युनिटहरु रहेका छन् ।५१ किलो मिटर नेपाल भारत खुल्ला सीमा रहेको सर्लाहीका सीमा क्षेत्रमा रहेका केही प्रहरी युनिटहरु विस्थापित हुँदा उत्त क्षेत्रबाट तस्करहरुले तस्करी मौलाएका थिए ।चाडपर्वको मुखैमा भएको आन्दोलनका कारण सुरक्षा खतरालाई समीक्षा गर्दै ३४ वटा प्रहरी युनिटहरु मर्ज गरिँदा तस्करहरुलाई तस्करी गर्न सजिलो भएको भएपनि ती कार्यालयहरुमा पुन प्रहरी फर्किँदा तस्करहरुको निदहराम भएको छ ।