उखु खेती बढाउन किसानलाई अवलोकन भ्रमण

466 Shares

उखुको अनुदान एवम उद्योगहरुले गर्नु पर्ने भुक्तानी समयमै नहुँदा निराश बनेका सर्लाहीका किसानहरुलाई हरिवन नगरपालिका ११ मारहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमक गराएको छ ।
उत्पादन अवधि भोग्नु परेका अनेकौ समस्याहरुका वादजुद पनि जिल्लाका किसानहरुले उखु उत्पादन गरि रहेका भएपनि पछिल्लो समयमा उद्योगले गर्नु पर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनु पर्ने अनुदान नै नपाएपछि उखु खेतीको विकल्प खोज्न थालि सकेका जिल्लाका उखु उत्पादक किसानहरु उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण र उन्नत जातको उखुको बीउ वितरण गरिँदा आफुहरुले मनोवल पुन बढेको उखु उत्पादक किसान अवलोकन भ्रमणमा सहभागी भएका किसानहरु माधव थापाले बताए ।
पछिल्लो समय जिल्लामा उखु खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले जिल्लाका उखु उत्पादक किसानहरुलाई उन्नत जातको उखु खेतीको अवलोकन गराएको हो । उद्योगले आफ्नो फर्ममा लगाइएको उखु खेतीको अवलोकन गराउनुका साथै जिल्लाका किसानहरुले लगाएको राम्रो उखु खेतीको स्थलगत अवलोकन र अन्र्तक्रिया समेत गरेको धनमाया वि.कले बताइन् ।

उत्पादन वृद्धि गर्ने उद्देश्यले उन्नत जातको उखुको बीउ लगाउन जिल्लाका उखु उत्पादक किसानहरुलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने रहेछ भन्ने देखाउन जिल्लाका उखु उत्पादक किसानहरुलाई इन्दु शंकर चिनी उद्योगको प्रशासन शाखाका डाकुर प्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार उद्योगले अहिले २८ विघा क्षेत्रफलमा विभिन्न तीन जातका उखु लगाएको र सो स्थलको पनि किसानहरुलाई अवलोकन गराईएको हो । उखु उत्पादक किसानहरुको उत्पादन राम्रो भए चिनी उद्योगहरुले पनि प्रतिफल पाउने र किसानहरुले राम्रो उत्पादन पाउने आधुनिक प्रविधिको प्रयोग गरि उखु खेती गर्नुको विकल्प नरहेको इन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए । उनले भारतबाट ल्याइएको विभिन्न जातका उखु १५ कठ्ठा क्षेत्रफलमा लगाइएको र उखुको बीउ यो वर्ष विस्तार गरेर २८ विघामा फैलाइएको बताए ।
नयाँ जातको उखु रोप्दा उत्पादन बढेर जाने र उखु उत्पादक किसानहरुको आम्दानीमा वृद्धि हुने उद्योगले जनाएको छ ।इन्दुशकरले २८ विघामा तयार पारेको उखुको बीउ करिब एक हजार पाँच सय विघा क्षेत्रफलमा रोप्न पुग्ने उद्योगका उखु प्रवन्धक रजकले बताए ।
उन्नत जातको उखु लगाउन प्रोत्साहन गर्न,उखु उत्पादक किसानहरुलाई मनोवल बढाउन,उत्कृष्ट उखु उत्पादक किसानहरुलाई भ्रमण सहित उखु उत्पादक गर्ने तरिका सिकाउने र उपदब्ध भएको बिउ वितरण गर्ने साथै परम्परागत उखु उत्पादक प्रणालीलाई परिवर्तन गरि आधुनिक प्रविधियुक्त तरिकाबाट उखु उत्पादन तर्फ आकर्षित गर्ने  भन्दै इन्दुशंकरले उखु उत्पादक किसानहरुलाई स्थलगत अवलोकन गराएको हो । 
७ सय बढी किसानलाई उन्नत जातको उखु लगाउने तरीका र विभिन्न जातका उखु लगाउँदा हुने उत्पादन लगायतका विषयमा बवलोकन भ्रमण सहित किसानहरुलाई उखु लगाउँदा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा प्रशिक्षण दिईएको उद्योगले जनाएको छ ।

सम्बन्धित समाचार