सर्लाही प्रहरीद्धारा स्रोत नखुलेको साँढे सात लाखसहित भारतीय युवक पक्राउ

402 Shares

सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित नेपाल–भारत सीमा दशगजा नजिकबाट स्रोत नखुलेको रकम सहित एक भारतिय नागरिक पक्राउ परेका छन्।मलंगवा नगरपालिका ८ स्थित नेपाल–भारत सीमा दशगजा नजिकबाट प्रहरी चौकी गोरखकालीको चेकिङ्ग टोलीले स्रोत नखुलेको नेपाली रु सात लाख ५८ हजार तीन सय १० सहित एक भारतीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार स्रोत नखुलेको रकम सहित पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पन्चायत बिसनपुर १५ बस्ने अन्दाजी २२ वर्षीय चन्दन कुमार महतोलाई बीआर ३० ए बी ९१८३ नम्वरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको रु सात लाख ५८ हजार तीन सय १० सहित पक्राउ गरिएको हो ।
स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिईएका भारतीय नागरिक महतोलाई थप अनुसन्धान तथा काबाहृीका लागिका सर्लाही भन्सार कार्यालय मलंगवाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।युवकको साथबाट बरामद भएको स्रोत नखुलेको रकम अवैध हुण्डी कारोवारमा प्रयोग गर्नका लागि बोकेर हिँडेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।नेपाल भारत खुल्ला सिमा नाकाका कारण पछिल्लो समय हुण्डी करोबार हुने गरेको  पाइएको छ ।

सम्बन्धित समाचार