विशेष परिस्थितिमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था सावधानी अपनाउन शील गरिएको नेपाल भारत सीमानाका बिहीबार रातीदेखि खुल्ला गरिएको छ।निर्वाचनलाई लक्षित गरी सोमबार १२ बजेदेखि नेपाल भारत सीमा नाका बन्द गरि सकिएको थियो ।सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सोमबार राति १२ बजेदेखि निर्वाचन सम्पन्न नहुदासम्मका लागि शील गरिएको नेपाल भारत सीमा नाका बिहीबार राती १२ बजेदेखि पुन खोलिएको जिल्ला सुरक्षा समिति सर्लाहीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।
उनका अनुसार सीमानाकाबाट तीन दिनसम्म बिरामी बोकेका एम्बुलेन्सबाहेक मानिस तथा अन्य सवारी साधन आउजाउ गर्न नपाउने साथै सीमामा नेपालतर्फ र भारतीय सुरक्षाकर्मीले समेत कडाई गरेका थिए।छिमेकी देश भारतमा र नेपालमा पनि विशेष परिस्थितिमा सीमानकाहरु शील गर्ने प्रचलन अनुसार सीमानाका शील गरिएकोमा निर्वाचन सम्पन्न भएकाले पुन पहिलाकै अवस्थामा सञ्चालनमा आएको हो ।