सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोज कुमार आचार्यलाई पार्टी मुख्यालयले स्पष्टीकरण सोधेको छ।पार्टीका आधिकारिक उम्मेदवारलाई चुनावमा हराउन भूमिका खेलेको आरोपमा उनलाई ५ दिनभित्र लिखित जवाफ पेश गर्न नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय,बीपी स्मृति भवन ललितपुरबाट जारी पत्र अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि आचार्यले पार्टीविरोधी गतिविधि गरेको उल्लेख छ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सलाृही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शम्भुलाल श्रेष्ठले आचार्यविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए।
उजुरीमा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि आचार्य चुनावी सभा,सम्मेलन तथा पार्टीका आधिकारिक बैठकहरूमा सहभागी नभएको र उल्टै आफ्नै पार्टीका उम्मेदवारलाई पराजय गराउने खेल र गतिविधिमा सक्रिय रूपमा संलग्न रहेको आरोप लगाइएको छ।
केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा“नेपाली कांग्रेसको विधान बमोजिमको अनुशासन उल्लंघनको कसुरमा तपाईंलाई सजाय किन नगर्ने?यदि उक्त कारबाही गर्न नपर्ने कुनै मनासिब आधार र कारण भएमा विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम ५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णय अनुसार यो पत्राचार गरिएको छ।”भनिएको छ ।
तोकिएको ५ दिनभित्र उचित र मनासिब कारणसहित स्पष्टीकरण पेश नगरेमा पार्टीको विधान बमोजिम अनुशासन उल्लंघनको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने व्यहोरा समेत पत्रमा उल्लेख गरिएको छ।नेपाली कांग्रेसको राम्रो संगठन रहेको सर्लाही क्षेत्र नम्बर १ मा पार्टी भित्रको आन्तरिक द्धन्द्ध तथा अन्तरघातका कारण अन्य पार्टीका उम्मेदवारलाई निर्वाचित हुन सहयोग पुगेको पार्टीका नेताहरुले पटक पटक बताउँदै आएका थिए ।
यता,सो सम्बन्धमा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि आचार्यलाई सोध्दा उनले “श्रेष्ठको निर्वाचनमा रु २५ लाख नगद सहयोग गरेको र त्यो रकम फिर्ता गर्ने समय भएपछि फण्डा रचिएको”बताए।उनले भने “निर्वाचनमा मैले नीजि खर्चमा ३÷४ वटा गाडि परिचालन गरेँ,२५ लाख नगद सहयोग गरे ।त्यसको प्रतिउत्तरमा निर्वाचन सकिएको ४÷५ महिना पछि निर्वाचनमा असहयोग गरेको भन्दै फण्डा रचियो ।त्यो महंगो पर्न सक्छ।”ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि आचार्यले भने