सिन्धुलीको दुधौली स्थित रहेको कमला बहुमुखी क्याम्पसबाट एक विद्यार्थी लागु औषध सहित पक्राउ परेका छन्।सिन्धुली लागु औषधको“ट्रान्जिट”पोइन्ट बन्दै गई रहेको बेला नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता लागुऔषध कारोबारमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार गत स्ववियु निर्वाचनमा दुधौलीस्थित कमला बहुमुखी क्याम्पसबाट नेविसंघको तर्फबाट सभापति पदका उम्मेदवार रहेका सुशील कापडी र उदयपुरको कटारी नगरपालिका ३ का मनोज कार्कीलाई अवैध लागुऔषधको कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई कापडीको घरमा गरिएको खानतलासीको क्रममा उनीहरूको साथबाट १३ बोतल प्रतिबन्धित लागु औषधि ओनरेक्स फेला परेको थियो ।दुधौली नगरपालिका र आसपासका क्षेत्रहरूमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार तीव्र रूपमा बढिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहामा राखिएको छ । उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।