सिराहाको कर्जन्हा नगरपालिकाका निवर्तमान नगर प्रमुख र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन्।विशेष अदालतले कर्जन्हा नगरपालिकाका निवर्तमान नगर प्रमुख गंगा पासमान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल,अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार,लेखापाल प्रवीण कुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई भ्रष्टाचार सम्बन्धी मुद्धामा दोषी ठहर गरेको हो ।
निर्माण कम्पनीका प्रतिनिधि यादवलाई अनुचित लाभ लिएको आरोपमा रु २१ लाख ६० हजार जरिवाना तोकिएको छ भने,दोषी ठहर गरिएका सबैको सजाय मंसिर १० गते निर्धारण हुने विशेष अदालत स्रोतले जनाएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत्र १४ गते उनीहरूलाई आर्थिक हानि नोक्सानी पु¥याएको आरोपमा विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका सदस्यहरू खुसी प्रसाद थारू,रामबहादुर थापा र मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरु विरुद्ध यो फैसला सुनाएको हो।कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो।तर,उच्च अदालत जनकपुर र राजविराजको इजलासले नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्नू भनी तत्कालीन नगर प्रमुख पासवान र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डल सहित नगरपालिकालाई आदेश दिएको थियो।उक्त आदेशको अवज्ञा गर्दै तत्कालीन नगर प्रमुख पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डलले निर्माण प्रक्रिया अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो।
नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि बोलपत्र आह्वान हुँदा कार्यालय स्थानान्तरणको प्रक्रिया अधूरै थियो,जसले सार्वजनिक खरिद ऐनको उल्लंघन गरेको अदालतले ठहर गरेको छ। स्थानीय तहको केन्द्र परिवर्तनको निर्णय बिना कर्जन्हा नगरपालिका ५ मा भवन निर्माणका लागि २०७८ माघमा ठेक्का आह्वान गरिएको थियो र नगरपालिकाले पेस्की स्वरूप निर्माण कम्पनीलाई रु एक करोड आठ लाख भुक्तानी गरेको थियो।तर ठेकेदारले काम नगरेको पुष्टि भएको छ। त्यसका बाबजुद पनि नगरपालिकाले निर्माण कम्पनीको जमानत जफत नगरेको देखिएपछि विशेष अदालतले उनीहरुको मिलेमतोमा काम भएको भन्दै दोषी ठहर गरेको हो ।करिब २० वर्ष कर्माचारी तन्त्रले चलाएको देश संघीय संरचनामागई स्थानीय तहहरुको निर्वाचन भएर आएका जनप्रतिनिधिहरुले आफुलाई गाउँ गाउँको सिंहदरबारको सिंह सम्झेर गर्न हुने नहुने सबै प्रकार कामहरु गर्दा पछिल्लो समय धेरै जनप्रतिनिधिहरु अख्तियार र विशेष अदालतको फन्दा परेका छन् ।कतिपय सामान्य लेखपढ पनि नगरेका जनप्रतिनिधिहरु निर्वचित भएर आएका र आफुले भोट माग्दा बोलेका कुरा पुरा गर्ने सवालमा कानुनको धज्जी उडेको पाइएको छ ।