भन्सार छलीकाे ठुलाे परिमाणकाे सुर्ति र सुर्तीजन्य पदार्थ बरामद्

1.3k Shares

शंखर पहाडी(गाैरब
सर्लाहीको हरिवन नगरपालिका ११ बाट सशस्त्र प्रहरी र करदाता सेवा कार्यालय लालबन्दीकाे संयुक्त टाेलीले भन्सार छलीको सुुर्ति र सुर्तीजन्य पदार्थ बरामद गरेको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे. क्वा गण सर्लाही र करदाता सेवा कार्यालय लालबन्दीका कार्यालय प्रमुख सुरेन्द्र मण्डल सहित खटिएको संयुक्त टोलीले भन्सार छलेको सुर्ती र सुर्तिजन्य पदार्थ आईतबार नै बरामद गरेको हाे । 
सशस्त्र प्रहरी र करदाता सेवा कार्यालय लालबन्दीका कार्यालय प्रमुख मण्डलले आईतबार बरामद् गरेको सुर्ती र सुर्तीजन्य पदार्थ तीन दिन हुँदा समेत शसस्त्र प्रहरी,नेपाल प्रहरी र करदाता सेवा कार्यालय लालबन्दीले कुनै सार्वजनिक नगर्नुले उनीहरुकाे मिलेमताेमा आर्थिक चलखेल सुरु भएको समेत शंका गरिएको छ  । 
हरिवन नगरपालिका ११ मा रहेको राजेश जनरल स्टोरका सञ्चालक तेज नारायण शाहको घरमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी र करदाता सेवा कार्यालय लालबन्दीले दुई सय ६० केजी खुल्ला सुर्ती र १० प्याकेट रजनीगन्धा  बरामद गरेको थियाे । लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र  प्रहरी र  करदाता सेवा कार्यालय लालबन्दीको टोलीले छापा मार्दा १० बोरा खुल्ला सुर्ती र सात सय प्याकेट सुर्ती  र रजनीगन्धा १० प्याकेट भेटिएको भए पनि शसस्त्र प्रहरीका साथै करदाता सेवा कार्यालय लालबन्दी तै चुप मै चुप बसेका छन् ।

जसबाट आर्थिक चलखेलमा सो सामान छुट्ने आशंका स्थानीयले गर्न थालेका छन् ।बरामद् गरिएको सामान अन्दाजी मूल्य रु एक लाख ६७ हजार बराबरकाे रहेकाे भए पनि अहिले स्थानीय विभिन्न व्यापारी मार्फत छुटाउने चलखेल सुरु भएको छ ।

सम्बन्धित समाचार