सर्लाहीको बाँके जंगलको लच्का नजिकै ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जंगलको लच्का नजिकै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ७२२० नंं. को ट्रकले ठक्कर दिँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, क्यानखोलाका अन्दाजी ५० वर्षीय चन्द्रबहादुर बम्जनको ज्यान गएको ईलाका प्रहरी कार्यालय केसरगन्ज बयलवासले जनाएको छ । प्रहरीका अनुसार बोम्जनलाई शुक्रवार राती ३ बजेतिर ट्रकले ठक्कर दिएको थियो । सिन्धुली घर भएपनि उनी सर्लाहीको बाग्मतीको सुकुम्वासी बस्तीमा टहरा बनाएर बस्दै आएका थिए ।
दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय केसरगन्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङ्गले जानकारी दिनु भयो ।