Close This

महासंघ सर्लाहीका उपा अध्यक्ष अलीमाथी सांघातिक आक्रमण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-२८ गते   २६३८ पटक हेरिएको

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपा अध्यक्ष बख्तियार अलीमाथी आक्रमण भएको छ ।बिहीबार साँझ भएको आक्रमणबाट उपा अध्यक्ष अलीको शरीरि भरी निलडाम तथा चोट लागेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ । 
मलंगवा नगरपालिका १० को आफ्नै घरमा एभिन्युज टेलिभिजन सर्लाही सम्वाददाता तथा महासंघ सर्लाहीका उपा अध्यक्ष अलीमाथी संघातिक आक्रमण हुँदा अलीको टाउँकोदेखि खुट्टासम्म चोट लागि गंभिर घाइते भएकमा उनको अवस्था गंभिर रहेको सर्लाही प्रहरीले जनाएको छ । 
 उपा अध्यक्ष अलीमाथी उनको आफ्नै घर अगाडी मोटरसाईकल रोकि उनका आफ्नै भाइले अन्धाधुन्ध आक्रमण गरेको स्थानियबासीले बताएका छन् । उपा अध्यक्ष अलीले आफुमाथी पटक पटक आक्रमणको प्रयास गरेको बताएका छन् । शरीरिकबा विभिन्न भागमा दर्जन भन्दा बढी टाँकाहरु लगाइएको अलीका परिवारजनले बताएका छन् । उनका कान्छा भाइले आक्रमण गरेको र उनि अपराधिक गतिविधिका रहनुको साथै लागु पदार्थ प्रयोग कर्ता समेत रहेका समेत रहेका उनको परिवानरजनले बताएका छन् । दाजुमाथी आक्रमण गरि उनि फरार रहेका अलीका परिवाजनले बताएका छन् । भने उनलाई यथासिघ्र पक्राउ गरि आवश्यक कार्बाही गर्न जिल्ला प्रहरी कार्यलय सर्लाहीसंग माग पनि गरेका छन् ।आक्रमणको कारण खुल्न नसकेको प्रहरलिे जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech