हरिवनमा भएको घटनामा निश्पक्ष छानविन गर्न सहयोग गर्ने सहमती

2.3k Shares

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित बालगंगामा मंगलबार राती भएको झडपको प्रहरीलाई निश्पक्ष अनुसन्धान गर्न सहयोग गर्ने सहमती भएको छ । हरिवन नगरपालिका ११ बालगंगा स्थित मुस्लीम टोलमा मंगलबार राती भएको घटनाका विषयमा बुधबार ईलाका प्रहरी कार्यालय हरिवनमा बसेको सर्वपक्षीय बैठकले घटनाको विषयमा प्रहरीलाई अनुसन्धान गर्न सहयोग गर्ने सहमती भएको हो ।
एक घरको छानोबाट अर्को घरको आँगनमा वर्षातको पानी झरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो । झडपमा करिब एक दर्जन मानिसहरु घाइते भएका थिए । घाइते भएका मानिसहरुका आफन्तले मंगलबार राती करिब ३ घण्टा पुर्व पश्चीम लोकमार्गमा टायर वालेर प्रहरी प्रशासनका विरुद्ध नारावाजी गरेपछि प्रहरीले बुधबार बिहान ९ बजे भित्रमा घटनामा संग्लग्न र योजनाकारहरुलाई नियन्त्रणमा लिने सहमती जनाए पछि  पीडित पक्षको आन्दोलन स्थगित भएको थियो ।
बुधबार दिउँसो पुनः झडपको स्थिति सिर्जना हुन नदिन र वातावरण सामान्य बनाउन इलाका प्रहरी कार्यालय हरिवनमा छलफल भएको थियो । सो छलफलले प्रहरीलाई घटनाको सम्वन्धमा अनुसन्धान गर्न दिने र दोषी देखिएकालाई कार्वाहीका लागि सबैले सहयोग गर्ने सहमती भएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिनु भयो । उहाँका अनुसार मंगलबार भएको सांघातिक हमलाका योजनाकार र हमला गर्ने मानिसहरुका विषयमा अनुसन्धान गर्न सबै पक्षले सहयोग गर्ने छलफलबाट सहमती भएको छ ।
सर्वपक्षित छलफलमा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल), जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकी लगायत अन्य सरोकारवाला निकायमा प्रतिनिधिहरु र झडपमा संलग्न दुवै समूहका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
मंगलबार राती भएको झडपका घाइतेहरुमध्ये गम्भीर अवस्थामा रहेका ४ जनालाई थप उपचारका लागि बुधबार वीरगन्ज पठाइएको छ भने बाँकी घाइतेहरुको हरिवनका विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भई रहेको छ । केही सामान्य घाइतेहरु भने डिस्चार्ज भएर घर गइसकेका प्रहरीले जनाएको छ । झडपको घटनालाई राजनीतिक विषय बनाइँदा समस्या उत्पन्न भएको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार