हरिवनमा माेटरसाईकल दुर्घटना ३ जना घाईते,एककाे अवस्था गंभिर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१३ गते   ३९४ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ३ मा भएको दुर्घटनामा ३ जना घाईते भएका छन् । 
हरिवन नगरपालिका ३ स्थित बुद्धचाेक नजिक भएको दुई माेटरसाईकल एक आपसमा ठाेक्किदा भएको दुर्घटनामा ३ जना घाईते भएका छन् ।
 प्रदेश २-०३-०२२ प ४५०४ र ज २ प ३८३३ नम्बरकाे माेटरसाईकल एक आपसमा ठाेक्किदा हरिवन नगरपालिका ३ का अन्दाजी वर्ष २४/२५ पवन माेक्तान,हरिवन ३ कै वर्ष अन्दाजी १६/१७ राेज लामा र अर्का अन्दाजी वर्ष २१ का कृष्ण प्रजा घाईते भएका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाईते मध्य राेज लामा गंभिर छन भने  पवन र कृष्ण सामान्य घाईते भएका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिए ।
हरिवन नगरपालिका ३ काे डावरी तर्फबाट बुद्धचाेक तर्फ र बुद्धचाेक तर्फबाट डारवरी तर्फ  आउदै गरेका दुई माेटरसाईकल एक आपसमा ठाेक्किदा तीन जना घाईते भएका प्रहरीले जनाएको छ ।
उनिहरु मध्य पवन र राेजकाे सरस्वती अस्पताल प्रालिमा र कृष्णकाे नमुना अस्पतालमा उपचार भई रहेकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech