खराब मौसमका कारण भोली आउने भनिएका गृह मन्त्री श्रेष्ठ सर्लाही नआउने

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-८ गते   ३८२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्ने लखन्देही नदीको पक्की पुल निर्माणको शिलान्यासका लागि आउने भनिएका नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश) खराब मौसमका कारण नआउने भएका छन् ।
लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्ने लखन्देही नदीमा चार सय ८५ मिटर लामो र ११ मिटर चौडाई हुने पक्की पुल नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले भदौ ९ गते शनिबार बिहान शिलान्यास गर्ने कार्यक्रम तय गरिएको भएपनि खराब मौसमका कारण नआउने भएका नेकपा(माओवादी केन्द्र)का नेता श्याम श्रेष्ठले जानकारी दिए ।
लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्न लखन्देही नदीमा लामो समयदेखि पुल निर्माण गर्ने चर्चा चलिरहेको भएपनि पुल निर्माण नहुँदा निराश भएका छन् । 
लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्न लखन्देही नदीमा चार सय ८५ मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि रु ७५ करोड ५० लाखमा एमआर ग्रुप एण्ड वाईपी जेभीले ठेक्का सकार गरेको लालबन्दी नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिए ।
ठेकेदार कम्पनीले २०८४ माघ मसान्त भित्रमा पुल निर्माणको काम सम्पन्न गर्ने गरी भदौ ९ गते शनिबार नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले शिलान्यास गर्ने कार्यक्रम तय गरिएको भएपनि लगातार भएको वर्षाका कारण खराम मौसमका कारण नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठ नआउने भएका (माओवादी केन्द्र)का नेता श्रेष्ठले शुक्रबार दिउँसो कमलामाई मिडिया प्रा.लिलाई जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech