एनआरटिद्वारा केबिए ३-० गाेल अन्तरले पराजित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-४ गते   २८० पटक हेरिएको

सर्लाहीकाे बागमतीमा जारी छैठाैं राजर्षि जनक कप फुटबल प्रतियाेगिताकाे तेर्साे दिन शुक्रबारकाे खेलमा न्यु राेड टिम( एनआरटी) क्लबसंग केबिए ग्लाेबल विएफसी चितवन ३-० गाेल अन्तरले पराजित भएको छ । 
 केविए ग्लाेबल विएफसि चितवन र एनआरटी विचकाे खेल कडा प्रतिस्पधात्मक रहेकाे भए पनि एनआर टिले ३-० गाेल गर्दै जित निकालेकाे हाे ।  मधेश प्रदेशकै सर्वाधिक धनराशिकाे छाैठाैँ राजर्षी जनक कप फुटबल प्रतियोगितामा १ बिदेशी सहित १२ वटा क्लबकाे सहभागीता रहेकाे आयाेजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनु भयाे ।
उहाँका अनुसार शनिबार हुने खेलमा एपिएफ क्लब र एभिनिर फुटबल क्लब क्यामरुन  विच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको बिजेताले रु १० लाख र उप विजेताले रु ५ लाख नगद पुरस्कार पाउने आयाेजकले जनाएको छ । बागमती युवा क्लबकाे आयाेजनामा चैत २ गतेबाट शुरु भएको प्रतियोगिता चैत १३ गते सम्म सञ्चालन हुने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech