मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम डीआईजी गोविन्द थपलियाको नाममा तस्करसंग आर्थिक चलखेल जोडिएको फोन सम्वाद गर्ने वरिष्ठ सई सहित उत्त सम्वादमा जोडिएका तीनैजना प्रहरी अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्वनका लागि प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेकोमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बरिष्ठ सई सागर समशेर राणा र तस्कर राजीव महासेठ विचको फोन सम्वाद बाहिरिए पछि बरिष्ठ सई राणाले प्रहरी संगठनको आचरण विपरितको गतिविधि गरेका भन्दै उनलाई निलम्वन गर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरिएकोमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत सई जयलाल यादव र अर्का सई गोपाल बहादुर थापा मगरलाई पनि प्रहरी प्रधान कार्यालय तानिएको प्रहरी स्रोतले जनाएको छ ।
तस्कर र बरिष्ठ सई राणा विचको फोन संवादमा तस्कर महासेठले आफूसहित अन्य व्यापारीसंग रकम असुली गरेको र उक्त रकम डीआईजी थपलियाद्वारा तोकिएका प्रहरीलाई दिएको भन्ने जस्ता रहस्य खुलाएका थिए।उत्त रहस्यमा खुलेका सईद्धय यादव र थापा मगरलाई समेत प्रहरी प्रधान कार्यालय तानिएको पाइएको छ ।वरिष्ठ सई राणाले डीआईजी थपलियाबाट जोगिन तस्कर महासेठलाई फोन गरेको सार्वजनिक भएको फोन संवादमा सुनिन्छ।उक्त विवादका कारण मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबीच मतभेदसमेत उत्पन्न भएको प्रहरी स्रोतले जनाएको छ ।
डीआईजी थपलियाले आफूलाई बदनाम गर्न वरिष्ठ सई राणाले मोबाइलमा गरेको संवाद सार्वजनिक गरेको आरोप लगाएका छन्।घटनामा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्दै वरिष्ठ सई राणालाई कारवाहीको प्रकृया अगाडी बढाइने उनले बताए।फोन संवादमा जोडिएका सई यादव धनुषामा प्रहरी जवान भएदेखि नै घुमुवा(सादा पोशाक)मा खटिदै आएका छन्।धनुषाको इनर्वा नाकाबाट तस्करी गर्ने महासेठसंग सई यादवको पुरानो संगत रहेको प्रहरी स्रोतको दाबी छ।सई थापा मगरपनि असुलीमा संग्लग्न रहेका उक्त फोन सम्वादबाट खुलेको छ ।