नारायण माविका विद्यार्थीहरुद्वारा ईश्वरपुर नगरपालिका कार्यालयमा ताेडफाेड

1.7k Shares

शंखर पहाडी(गाैरब)
सर्लाहीको ईश्वरपुर नगरपालिका कार्यालयमा तोडफोड भएको छ । ईश्वरपुर नगरपालिका ६ स्थित रहेकाे नारायण माविका विद्यार्थीहरुले ईश्वरपुर नगरपालिकाका नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृतसहितका जिम्मेवार पदाधिकारीहरुकाे कार्यकक्षमा ताेडफाेड गरेका नगर प्रमख मनाेज कुमार आचार्यले जानकारी दिए ।

ताेडफाेड गरि क्षेती भएको नगरपालिकाकाे झ्यालकाे सिसा
उनका अनुसार ईश्वरपुर नगरपालिका ६ स्थित रहेको नारायण माविका सहायक प्रधानाध्यापक गणेश प्रसाद अधिकारी र विद्यालय नर्स ममता साहले विद्यार्थीहरुलाई उचालेर नगरपालिकामा तोडफोड गराएका हुन । 
लामो समयदेखि विद्यालयमै बस्दै आएका सहायक प्रधानाध्याक अधिकारी र विद्यालय नर्स साहसमेतको संलग्नतामा नगरपालिकामा तोडफोड भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुस्तम मिक्रानीले बताए ।उनका अनुसार  विद्यालय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विद्यालयमै बस्ने शिक्षक तथा कार्यालय सहयोगीहरुलाई विद्यालय बाहिर बस्न आग्रह गरेपछि  रुष्ट भएर विद्यार्थीहरुलाई प्रयोग गरी उनीहरुले नगरपालिकामा तोडफोड गरेका हुन् ।
‘उनीहरुले धेरै समयदेखि विद्यालयमै बस्दै आएका थियो । विद्यालयमा थप कोठाहरु आवश्यक पर्नेभएपछि हामीले उनीहरुलाई अन्यत्रै बस्ने व्यवस्था गर्न भन्यौं र ११ गते व्यवस्थापन समितिको बैठक नै बसेर उनीहरुलाई कोठा खाली गर्न अनुरोध गरेका थियौं । तर उनीरुले विद्यार्थीहरुलाई विद्यालयले आफूहरुलाई हटाउन लागेको भन्ने भ्रममा पारेर नगरपालिकामा गएर तोडफोडमा संलग्न गराए ।’ अध्यक्ष मिक्रानीले बताए ।
‘अबोध  बिद्यार्थीहरुलाई त्यसरी तोडफोडमा संलग्न गराउने शिक्षक र बिद्यालय नर्सलाई कार्वाही गर्न माग विद्यालयले नगरपालिकासंग अनुराेध गरेकाे छ ।’
त्यस्तै विद्यालयका प्रधानध्यापक मणिराज बरालले पनि उनीहरुलाई विद्यालयमै राख्दा बाहिर मान्छेहरु आउजाउ हुने र विद्यालयका महत्वपूर्ण सामानहरु हराउन सक्ने भएपछि व्यवस्थापन समितिले नै विद्यालय बाहिर व्यावस्थापन गर्न भनेको थियो । ‘विद्यालयमा कक्षाकोठाहरुको अभाव पनि छ । उनीहरु बसेकाे कोठा प्रयोगमा ल्याउने भनेरै उनीहरुलाई खाली गर्न भनिएको हो । तर उनीहरुले हामीसँग सल्लाह नै नगरी विद्यार्थीहरुलाई उचालेर गर्नै नहुने काम गरे।’प्रधानाध्यापक बरालले बताए ।
तोडफोडमा संलग्न भएका भनिएका विद्यार्थीहरुले पनि शिक्षक अधिकारी र नर्स साहले आफूहरुलाई विद्यालयबाट हटाउन लागेकोले साथ दिन भनेपछि आफूहरु विरोधमा उत्रेको तर पछि उनीहरुलाई विद्यालयले दिएको चिट्ठी हेरेपछि आफुहरुलाई उचालिएकाे रहेछ भन्ने थाहाभयाे । एक बिद्यार्थीले बताए । 
उनीहरुले विद्यार्थीहरुलाई उचालेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  मिक्रानी र विद्यालयका  अनुशासन प्रमुख नाथुराम चौधरीमाथि नाराबाजी गर्दै नगरपालिका कार्यालय ताेडफाेड गरेका हुन । 
 त्यस्तै शिक्षक अधिकारीले त व्यवस्थापन समितिमाथि आक्रमणको प्रयास समेत गरेको  अनुशासन प्रमुख चौधरीले बताए ।
उनका अनुसार तोडफोडमा नारायण माविका भन्दा बाहिरका विद्यार्थीहरु समेत संलग्न भएको पाइएको छ । उनीहरुले रड,ईट्टा,ढंगा प्रहार गरी नगरपालिकाका नगर प्रमुख आचार्यकाे कार्यकक्षको झ्यालको सिसा र  भुई तल्लाको दुईओटा झ्यालको सिसामा क्षति पुगेकाे ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ ।  तोडफोड घटनाका मुख्य योजनाकार सहायक प्रधानाध्याक अधिकारी घटनापछि फरार भएका छन् । २०६० सालदेखि नारायण माविमा आएका उनले यसअघि पनि प्रधानाध्यापक र विद्यालय व्यवस्थापनसमिति विरुद्ध विद्यार्थीहरुलाई उचाल्ने गरेका थिए ।

सम्बन्धित समाचार