प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा अक्सिजन प्लान्ट स्थापना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-९ गते   १६८४ पटक हेरिएको

लालबन्दी ९ मा स्थापना गरिएको अक्सिजन प्लान्ट

सर्लाहीको लालबन्दी नगरपालिका ९ मा अक्सिजन प्लान्टको स्थापना गरिएको छ । लालबन्दी नगरपालिका ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा अक्सिजन प्लान्टको स्थापना गरिएको हो ।  अस्ट्रेलियाली सरकारको आर्थिक सहयोग, आडा« नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाज नेपाल, हरिवन सर्लाहीको साझेदारीमा सञ्चालन भईरहेको कोभिड १९ आपत्कालीन उद्धार एवम पुनस्थापना परियोजना अन्तर्गत लालबन्दी नगरपालिका ९ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र लाललबन्दीमा अक्सिजन प्लान्टको स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीको व्यावस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद घिमिरेले बताउनु भयो ।
केन्द्र सरकार,मधेश प्रदेश सरकार,स्थानिय सरकारका साथै अस्टेलियन एड, ओपन हर्ट ईन्टरनेशनल,अड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको संयुक्त प्रयासमा प्राथिमिक स्वास्थ्य केन्द्र लालबन्दीमा अक्सिजन प्लान्टको स्थापना गरिएको बागमती सेवा समाज सर्लाहीका  अध्यक्ष भरत कुमार कार्कीले  जानकारी दनिु भयो ।
४८ किलोका दरका २४ वटा अक्सिजन सिलिण्डर उत्पादन गर्न सक्ने अक्सिजन ल्यान्टको उद्धघाटन गरिएको हो । कोरोना कालमा धेरै मानिसहरुले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई मध्य नजर गर्दै केन्द्र सरकार,मधेश प्रदेश सरकार र स्थानिय सरकारका साथै विभिन्न दातृ निकायहरुको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा स्थापना गरि उद्धघाटन गरिएको हो ।
मधेश प्रदेशका ८ वटा जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थाहरु मध्य प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा मधेश प्रदेश कै पहिलोे अक्सिजन प्लान्टको स्थापना गरि उद्धघाटन गरिएको छ । सरकारी स्वास्थ्य संस्थाहरुले कोरोनाकालमा अक्सिजन नपाउँदा कोरोना संक्रमितहरुको ज्यान गएको भन्ने गुनासो धेरै आएपछि केन्द्र सरकार,मधेश प्रदेश सरकार र स्थानिय सरकारका साथै विभिननन दातृ निकायहरुको सहयोगमा अक्सिजन प्लान्टको स्थापना गरि उद्धघाटन गरिएको ,सामाजिक विकास मन्त्रालय मधेश प्रदेशका स्वास्थ्य शाखा प्रमुख डा.मुक्ती नारायण साहले बताउनु भयो ।
 ढिलै भएपनि प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा अक्सिजन प्लान्टको स्थापना गर्न केन्द्र सरकार,मधेश प्रदेश सरकार र स्थानिय सरकारका साथै विभिननन दातृ निकायहरुको ध्यान गएपछि  मधेश प्रदेशका धेरै जनालाई लालबन्दीमा स्थापना गरिएको अक्सिजन प्लान्टले अक्सिजन सहयोग गर्न सक्ने अवस्था सृजना हुने भन्दै आफुलाई देशका ठुला अस्पताल भन्दा कुनै कम नभएको महसुस भएको प्राथमिक स्वास्थ्य केन्द्र,लालबन्दीका प्रमुख काफ्लेले बताउनु भयो ।
मधेश प्रदेशका प्राथमिक स्वास्थ्य केन्द्रहरु मध्य बिरामीको धेरै चाप रहेको र प्रदेशकै विच भागमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा केन्द्र सरकार,मधेश प्रदेश सरकार र स्थानिय सरकारका साथै विभिननन दातृ निकायहरुको सहयोगमा दैनिक ४८ किलोका दरका २४ वटा अक्सिजन सिलिण्डर उत्पादन गर्न सक्ने अक्सिजन ल्यान्टको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा स्थापना गरिएको मन्त्रालयले जनाएको छ । 
अस्टेलियन एडकी कभिता कस्यनाथन र कामक्षी याकथुम्बा,ओपन हर्ट ईन्टरनेशनल मेय स्यालिडियो, मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. मुक्ती नारायण साह लगायतलेएक कार्यक्रमका विच अक्सिजन प्लान्टको उद्ध्घाटन गर्नु भएको हो ।
अक्सिजन प्लान्ट उद्ध्घाटन तथा हस्तान्तरण कार्यक्रममा आड्राका सहयोगी निर्देशक डा. घनश्याम भट्ट लगायत लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ममताज मिकरानी प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदिप प्रसाद काफ्ले लगायतको  उपस्थिति रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech