सर्लाहीका एसपी,डिएसपी,इनिस्पेक्टर र सुवेदार मेजरको चर्काे असुली,सिमामा रहेका हरेक युनिटबाट मासिक २५ देखि ७५ हजार संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-१ गते   २७४ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख, प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक, प्रहरी निरिक्षक र प्रहरी बरिष्ठ सईको मिलेमतोमा जिल्लामा ठूलो मात्रामा कमिसन असुली धन्दा फस्टाएको छ । 
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेल,प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक विजय यादव,प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक सुरेश ठाकुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुवेदार मेजर प्रहरी वरिष्ठ सई असोक गुप्ताले जिल्लाका सिमा नाकाहरुमा रहेका प्रहरी युनिटहरुबाट चर्काे कमिसन असुल्ने गरेका एक प्रहरी अधिकारीले बताए । 
जिल्लाको पुर्वी सिमनाका संग्रामपुरदेखि पश्चीमको छतौनासम्मको सिमानामा रहेका हरेक प्रहरी युनिटहरुबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेल, प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक यादव, प्रहरी नायव उपरिक्षक श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक ठाकुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुवेदार मेजर प्रहरी वरिष्ठ सई गुप्ताले चर्काे कमिसन असुल्ने गरेका छन् ।
उनिहरुले  जिल्लाको पुर्वमा रहेको सिमा प्रहरी चौकी  संग्रामपुर,नारायणपुर,पर्सा,त्रिभुवननगर,खुटौना,भाँडसर,बाराउद्योरण, मधुवनीगोठ,बहादुरपुर,बधुवनगाउँ,अर्नाहा,छन्कीटोला,खैर्वाबहुअर्वा,रामनगर बहुअर्वा,फेनरा, बलरा र छतौना सम्मका हरेक प्रहरी चौकीहरुबाट प्रति महिना रु २५ हजार र सिमा प्रहरी चौकी गोरखकालीबाट मासिक रु ७० हजार कमिसन असुल्ने गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक प्रहरी अधिकारीले बताए । जिल्लाका सिमानाबाट हुने भन्सार छलीका सामानहरु ओसार पसारमा सहजता प्रदान गरिदिन भन्दै तस्करहरुसंग पनि उनिहरुले कमिसन उठाउने गरेका एक व्यापारीले बताए । त्यसका साथै  सिमामा रहेका प्रहरी युनिटका प्रमुखहरुले कमिसन असुल्ने र जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने गरेका पाइएको छ ।
जिल्लाका सिमा प्रहरी चौकीहरुमा प्रमुख भएर जान जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी चौकी गोरखकालीलाई मासिक रु ७० हजार र अरु सिमा प्रहरी चौकीहरुमा मासिक रु २५ हजार बुझाउनु पर्ने भनेर टेन्डर नै लगाउने गरेको एक प्रहरी अधिकारीले बताए । 
उनले भने “जिप्रकाका एसपी सावेह,डिएसपी साहेवहरु,इनिस्पेक्टर साहेव र सुविदार मेजरलाई कमिसन बुझाउन नसक्नेलाई सिमा प्रहरी चौकीमा प्रमुख भएर जान पाउने सपना मै सिमिति हुन्छ ।” यसबाट पनि प्रष्ट हुन्छ की जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेल,प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक यादव,प्रहरी नायव उपरिक्षक श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक ठाकुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुवेदार मेजर प्रहरी वरिष्ठ सई गुप्ताको मिलेमतोमा अवैध कारोवारी गर्नेहरुको जिल्लाका सिमानाकाहरुमा रजाई भएको छ । जिल्लाका सिमानाकाहरुबाट भारतबाट आयात हुने अधिकांश खाद्यान्न,लत्ताकपडा देखि किरानाका सामानहरु तस्करी हुने गरेको पाइएको छ ।
 जिल्लाका नाकाहरुबाट रातको समयमा भारतबाट आयात हुने अधिकांश खाद्यान्न,लत्ता कपडा,किरानाका सामानहरु,आर्डवेयर,सुर्तिजन्य पदार्थहरु र कुखुराको सिमामा रहेका प्रहरी चौकीहरुले समन्वय गरि दिने गरेका एक व्यापारीले बताए । जिल्लाका सिमा प्रहरी चौकीहरुका प्रहरीहरुको संरक्षणमा भारतबाट नेपाल तर्फ चिनी,तेल,सुर्तीजन्य पदार्थहरु,खाद्यान्न,सुर्तीजन्य पदार्थहरु, र नेपालबाट भारत तर्फ स्याउ,युनिलिभरका नक्कली उत्पादन,कस्मेटिक्स सामानहरूका साथै केराउ,मरिच,छोकडा,मद्यिरा र लागु औषध गाँजाको समेत तस्करी हुने गरेको स्रोतको दाबी छ । 
भारतको बिहार राज्यमा मद्यिरा निषेध भएकाले नेपालका सीमावर्ती नाकाबाट मद्यिराको तस्करी हुँदै आएको छ । सिमाको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरु कै सेटिङमा तस्करीको लाइन खुल्दा दुधको साँची बिरालो भने झैँ भएको एक स्थानियले बताए । जिल्लाका चर्चित व्यापारी,सन्तोष डिलर,विजय पुकार,हुसेनी र रामबाबु लगायतका व्यापारीहरुले तस्करी गर्ने गरेका र त्यस वापत प्रहरी कर्माचारीहरुले चर्काे कमिसन असुल्ने गरेका छन् ।
 जिल्लाका चर्चित तस्करको नाम कमाएका सन्तोष डिलरले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेललाई मासिक रु ५० हजार र ईलाका प्रहरी कार्यालय र जिल्लाका सिमामा रहेका प्रहरी चौकीहरुलाई ५ हजारदेखि १५ हजारसम्म मासिक कमिसन बुझाउने गरेका उनि आफैँले बताए । उनिहरुले यूनिलिभर नक्कली सामान,केराउ,मरिच,छोकडा,कपडा,सुर्ती जन्यपदार्थ र किरानाका सामानहरु समेतको ओसार पसार गर्ने गरेका छन् । 
यता, सिमानाकाबाट तस्करी र्गदिए वापत कमिसन उठाउनु हुन्छ हो ? भन्ने हाम्रो प्रश्नमा प्रहरी उपरिक्षक पोख्रेलले अहिले सम्म कोही कमिसन दिन नआएको बताए । तर सिमा प्रहरी चौकी गोरखकालीका असई श्याम सिंह विगत करिब १वर्षदेखि सोही नाकामा अड्डा जमाएर बसेका छन् ।
 एक प्रहरी अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले आन्तरीक रुपमा ५÷६ महिनामा प्रहरी चौकी,सिमा प्रहरी चौकीमा कार्यरत रहेका सई,असईलाई आन्तरीक रुपमा सरुवा गर्ने गरेको भएपनि प्रहरी उपरिक्षक पोख्रेलका विश्वास पात्रको रुपमा चिनिएका असई श्याम विगत करिब १ वर्षदेखि गोरखकाली नाकामै बसि रहेका छन् । यसबाट पनि प्रष्ट हुन्छकी सो नाकामा इन्चार्ज भएर जाँदा मासिक ७० हजार बुझाउन सक्ने तागत असई श्याम बाहेक अरुले नकस्ने गरेका कारण उनि सो नाकामा अड्डा जमाएर बसेका हुन । उनलाई प्रहरी उपरिक्षक पोख्रेलले आफु जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख भएर बसुन्जेल अन्त सरुवा नगर्ने आश्वासन दिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech