सर्लाहीको ईश्वरपुर नगरपालिका २ लाई आईतबार सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको छ।ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नको सहयोगमा निरन्तर अभियान संचालन गरी इश्वरपुर नगरपालिका २ का चार वर्षदेखि ११ वर्षसम्मका सबै बालबालिकालाई विद्यालय भर्ना गराइएपछि सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको इश्वरपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
शाखाका अनुसार वडाभित्र चार देखि ११ वर्षसम्मका सबै पाँच सय ४२ जना बालबालिका विद्यालय भर्ना भएका छन् । इश्वरपुर नगरपालिकाको २,३,१२ र १३ गरी चार वटा वडालाई सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको कार्यक्रमका प्रमुख अतिथि एवम इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताए ।
इश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीको अध्यक्षता तथा नगर प्रमुख आचार्यको प्रमुख आतिथ्यतामा ईश्वरपुर नगरपालिका २ लाई नगरको चौंथो सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको हो।जसमा इश्वरपुर नगरपालिका १२ लाई बाल विवाहमुक्त वडा समेत घोषणा गरि सकिएको इश्वरपुर नगरपालिका १२ का वडा अध्इक्ष शिव खत्रीले जानकारी दिए ।