श्रोत नखुलेको रु.१४ लाख सहित एक जना पक्राउ

474 Shares

सर्लाहीको मलंगवा नगरपालिका ८ बाट सशसत्र प्रहरीले श्रोत नखुलेको रु १४ लाख सहित एक जनालाईं नियन्त्रणमा लिएको छ।मलंगाव नगरपालिका ८ स्थित नेपाल भारत सीमा क्षेत्र नजिकैबाट मलंगवा नगरपालिका २ का अन्दाजी ३६ वर्षीय ईन्द्रजित प्रसाद साहलाई श्रोत नखुलेको रु १४ लाख सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ आउँदै गरेको बीआर ३० के ४००९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मलंगवा नगरपालिका ८ सीमा नाकाबाट उक्त स्रोत नखुलेको रकमसहित साहलाई पक्राउ गरिएको हो।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा र सर्लाही भन्सार कार्यालयको संयुक्त टोलीले साहलाई रु १४ लाख श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार