Close This

नेपाल संवत् ११४२ को अवसरमा सर्लाहीमा विभिन्न कार्यक्रम गरियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१९ गते   २११८ पटक हेरिएको

सर्लाहीमा नेपाल सम्वत् ११४२ को अवसरमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । जिल्लाकोे लालबन्दी नगरपालिका ८ मा नेपाल सम्वत् ११४२ को अवसरमा सुक्रवार (आज) शुभकामना आदान प्रदान र गुठि उद्धघाटन कार्यक्रममा गरिएको छ । भने लालबन्दी नगरपालिका १३ पत्थरकोटमा नेपाल सम्वत् ११४२ को स्वागतमा सुक्रवार –याली निकालेको थियो ।
लालबन्दी नगरपालिका–८, मा रहेको भिमेश्वर गुठीमा नेपाल सम्वत् ११४२ का अवसरमा शंखधर साख्वाःको तस्बीरमा माल्यार्पणसहित शुभकामना आदान प्रदान र गुठिको उद्धघाटन गरिएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सर्लाही क्षेत्र नम्बर १ (ख) की प्रदेश सभा सदस्य वेची लुंगेली को प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रम मार्फत नेपाल सम्वत् ११४२ का अवसरमा गुठिको उद्धघाटन गरिएको हो ।
गुठीका अध्यक्ष लिला कुमार श्रेष्ठको अध्यक्षता तथा प्रदेश सभा सदस्य लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जग्गादाता द्वय सूर्य कुमार श्रेष्ठ र गणेश बहादुर श्रेष्ठ, लालबन्दी नगरपालिका ८, का वडाध्यक्ष  श्रेष्ठ, वडा नं. १० का वडाध्यक्ष टोप बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा गुठीका अध्यक्ष श्रेष्ठले स्वर्गिय बुहारी पुनम श्रेष्ठको स्मृतिमा ५ थान प्लाष्टिकका टेबुल सहयोग गर्नुभएको छ भने प्रदेश सभा सदस्य लुंगेलीले गुठीको भवन निर्माण गर्न रु ७ लाख सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । 
त्यसैगरी, भिमशेन गुठी परिवार लालबन्दी नगरपालिका–१३, पत्थरकोटले साख्वाःको सालिकमा माल्यार्पण गर्दै नेपाल सम्वतका विशेषता जानकारी गराउँदै गाउँ परिक्रमा गरेको लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिनु भयो । पत्थरकोटमा भिमशेन गुठीको मन्दिर परिसरमा साख्वाःको सालिक निर्माण गरिएको छ । उहाँका अनुसार उक्त शालिकमा पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिका १३, का वडाध्यक्ष वैद्य लगायतले माल्यार्पण गरेका हुन ।
राष्ट्रिय विभूति तथा नेपाल सम्वतका सुरुवातकर्ता साख्वाःको सम्झनामा नेपाल सम्वत् ११४२ न्हु दँया भिन्तुना अर्थात् नेवारी नयाँ वर्ष विशेष –याली निकालेर मनाईएको धम कुमार श्रेष्ठले जानकारी दिनु भयो । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech