प्रदेश २ महिला बालबालिका,युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीका स्वकिय सचिवले प्रयोग गर्ने सरकारी सवारी साधनको दुर्धटनामा परि एक जनाको ज्यान गएको छ ।
महिला बालबालिका,युवा तथा खेलकुद मन्त्रालयका मन्त्री विरेन्द्र प्रसाद सिंहका स्वकिय सचिव निकेश त्रिपाठीले प्रयोग गर्ने सरकारी सवारी साधन प्रदेश २ ०२ ००१ व ५४४ नम्बरको मोटरसाईकल मलंगवाबाट बरथवा जाने क्रममा धनकौल गाउँपालिका १ सिखौनामा कार्तिक १५ गते राती १०ः३० बजे दुर्घटना भएको हो ।दुर्घटनामा परि रामनगर गाउपालिका ४ का अनित कुमार पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
१५ गते राती अत्याधिक मधिरा सेवन गरि सरकारी सवारी साधनको प्रयोग गर्दा सर्लाहीको रामनगर गाउपालिका ४ का पाण्डेको ज्यान गएको प्रहरीको भनाई छ । अत्याधिक मधिरा सेवन गरि सरकारी सवारी साधन चलउदा निज पाण्डेको निधन भएको सर्लाही प्रहरीले पुष्टि गरेको छ ।
सोमबार राती करिब १०ः३० बजेको समयमा भएको सवारी दुर्घटना निज पाण्डेको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।मृत्युको कारण अनुसन्धान भईरहेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताउनु भयो ।