सर्लाहीको हरिवनमा मंगलबारबाट ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा हरिवन नगरपालिकाको सहयोगमा ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको हो ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षता एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल)को प्रमुख आतिथ्यतामा मंगलबारबाट तालिम सुरु भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुरले जानकारी दिनु भयो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासंघ केन्द्रीय कार्यालयका कार्यक्रम प्रवन्धक रामप्रसाद दाहालले तालिमको सहजीकरण गर्ने नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार पत्रकारीता गर्न इच्छुक नयाँ पत्रकारहरु उत्पादन गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो ।