सर्लाहीको हरिपुर्वा नगरपालिकाका शिक्षक तथा कर्माचारीहरु लामो समयदेखि तलब विहिन भएपछि आन्दोलीत हुने भएका छन् । हरिपुर्वा नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले एक छलफल गरी चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका हरिपुर्वा नगरपालिका ५ स्थित रहेको केशर गरिव जनता माविका प्राधानाध्यापक संजय कुमार यादवले जानकारी दिए ।
उनका अनुसार हरिपुर्वा नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बैठकले प्रथम त्रैमासिक तलव भत्ता हिन्दुहरुको महान चाडपर्व वडा दशैं तथा दिपावलीमा समेत नगरपालिकाले खुवाउन नसकेको भन्दै चरणवद्ध आन्दोलन गर्ने तयारी गरेका हुन ।हरिपुर्वा नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बैठकले हरिपुर्वा नगरपालिकाको शिक्षा शाखा,नगरप्रमुख,नगर उप प्रमुखलाई समेत पटक पटक आग्रह गर्दापनि वेवास्था गरेका कारण आफुहरु चरण्वद्ध आन्दोलन गर्ने तयारीमा पुगेको हरिपुर्वा नगरपालिकाका सामुदायिक विद्यालयहरुका शिक्षत तथा कर्माचारीहरुले बताएका छन् ।
उनीहरुको बैठकले कात्तिक २४ गते शुक्रबार सम्म तलब भक्ता नपाए आफुले पाउनुपर्ने तलवभत्ता निकासा नभएको खण्डमा मंसिर ६ बुधबार देखी सम्मपूर्ण शिक्षक तथा कर्मचारीहरुले नगरपालिका कार्यालयमा ताला लगाउने र विद्यालयका पठन,पाठन बन्द गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाही र शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीलाई बोधार्थ लेखि जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्ष २०८०/०८१ को नीति,कार्यक्रम तथा बजेट आउन सकेको छैन् ।जसका कारण नगरका कर्माचारीहरुले तलब नपाउनुका साथै नगरका कुनै पनि विकास योजनाहरु सञ्चालन हुन सकेका छैनन् ।