दुर्घटनाको विषयमा आक्रोसित स्थानीयद्धारा प्रहरी चौकीमा आगजनी

474 Shares

बाँकेको डुडुवा गाउँपालिका २ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएपछि आक्रोसित स्थानीयले बेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन्।स्थानीय अन्दाजी ७ वर्षीय शिव गोडिया र अन्दाजी ९ वर्षीय उनका दाजु विशाल गोडियालाई स्कुलबाट घर फर्किंदा बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।
ट्यांकरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भए पश्चात आक्रोसित स्थानीयले प्रहरी चौकीमा आगजनी गरेका हुन्।यो समाचार तयार पर्दासम्म घटनास्थलबाट आक्रोसित स्थानीयले शव उठाउन दिएका छैनन्।घटनालगत्तै आक्रोशित स्थानीयले पानी बोक्ने ट्यांकरमा आगो लगाएका थिए । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सम्बन्धित समाचार